नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

0

काठमाडौं, ४ कात्तिक/

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको आज अन्तिम दिन नेप्से परिसूचक १४.७० अङ्कले ओरालो लागेर २५५६.९५ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६५ अङ्कले घटेर ४८३.३९ मा ओर्लेको छ ।

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत खुम्चिएको छ । कुल २१६ कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर रु दुई अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० मूल्यमा खरीद बिक्री भयो। आजको कारोबारपछि बजार पूँजीकरण रु ३५ खर्ब ७९ अर्ब ७८ करोड ५३ लाख ८० हजारको हाराहारीमा रहेको छ ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने ११ उपसमूहको शेयर ओरालो लागेको छ । अन्य २१.९१ र सामूहिक लगानी कोष ०.०६ अङ्कले बढेको छ । यस्तै बैंकिङ ७.०५, व्यापार ६७.४१, होटल तथा पर्यटन ५८.९, विकास बैंक ९४.४४, जलविद्युत् ४६.०५, वित्त ४६.३९, निर्जीवन बीमा २३.४६, उत्पादन १०५.४२, लघुवित्त १४.८४, जीवन बीमा १०५.२५ र लगानी ०.३७ अङ्कले घटेको छ ।

कारोबारका आधारमा सानिमा बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २७ करोड १२ लाख ९७ हजार ६०९ बराबरको कारोबार भयो । यस्तै माछापुच्छ«े बैंक रु ११ करोड ५६ लाख १३ हजार ९६२, नबिल बैंक रु नौ करोड ६४ लाख १८ हजार ३७६, सिद्धार्थ बैंक रु आठ करोड एक लाख २० हजार ८५२ र युनाइटेड मोदी हाइड्रोपावर रु सात करोड ५४ लाख पाँच हजार ५९२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

यस्तै नेप्सेका अनुसार मेरो माइक्रोफाइनान्सको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भयो । त्यस्तै सिटिजन म्युचुअल फन्ड ५.२६, आइसिएफसी फाइनान्स ४.२१, सनराइज ब्ल्यू चिफ फन्ड ३.८१ र एनआइबिएल प्रगति फन्डका लगानीकर्ताले ३.७० प्रतिशतले कमाए ।

यसैगरी जोशी हाइड्रोपावर ५.८७, गुडविल फाइनान्स ५.०९, ग्रीन डेभलपमेन्ट बैंक ४.७४, रैराङ हाइड्रोपावर ४.२८ र शिवश्री हाइड्रोपावरका लगानीकर्ताले ४.२२ प्रतिशतले गुमाए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here