प्रस, वीरगंज, ३ कात्तिक/
बङ्गलादेशमा मुस्लिम कट्टरपन्थीहरूले मन्दिर तथा दुर्गा पूजाको पण्डालमा गरेको आक्रमणको विरोधमा बुधवार वीरगंजमा विश्व हिन्दू परिषद् नेपाल पर्साले विरोध जुलुस निकालेको छ ।
जुलुस नगरपरिक्रमापश्चात् घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनकारीहरूले बङ्गलादेशकी राष्ट्रपति शेख हसिनाको पुतला दहनसमेत गरेका थिए ।
हिन्दू धर्ममाथि भइरहेको दमनप्रति हिन्दू धर्मावलम्बीहरूमा आक्रोश छ । हिन्दू धर्मावलम्बीहरूको जीउधन र मठमन्दिरको सुरक्षा गर्न बङ्गलादेश सरकारसित माग गरेको छ ।