प्रस, वीरगंज, २ कात्तिक/
मुस्लिम समुदायले धूमधामका साथ मङ्गलवार महमद डे मनाएको छ । वीरगंजका विभिन्न टोलबाट निकालिएको ¥याली घण्टाघरमा पुगेर सम्पन्न भएको थियो ।
लाठगली मस्जिद, मुर्ली मस्जिद, गहवा मस्जिद, छपकैयाको मस्जिदबाट बाजागाजासहित सन्देशमूलक प्लेकार्ड बोकी ¥याली निकालिएको थियो ।
मुर्ली मस्जिदबाट निकालिएको ¥यालीमा पर्सा निर्वाचन क्षेत्र नं १ का सङ्घीय सांसद प्रदीप यादव, जिल्ला समन्वय समितिका सभापति नेकमहमद अन्सारीलगायतको सहभागिता थियो ।
¥यालीमा सहभागीहरूलाई सांसद यादवले फलफूल वितरण गरेका थिए । त्यसैगरी, गहवा मुस्लिम समाजले निश्शुल्क खाना वितरण गरेको अलि अकबर हवारीले जानकारी दिए ।
मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर हजरत महम्मद सल्लाह अलैहे वसलमको जन्मोत्सवको अवसरमा मुस्लिम धर्मावलम्बीहरूले महम्मद डे मनाउँदै आएका छन् ।
ईसं ५७१ मा मुस्लिम धर्मावलम्बीहरूका धर्मगुरु पैगम्बर हजरत महम्मद सल्लाह अलैहे वसलमको जन्म मक्कामा भएको थियो । ५३ वर्ष मक्कामा बिताएपछि मुस्लिम समुदायलाई उच्च स्तरमा ल्याउन मदिना गएका थिए ।
इस्लामलाई संसारभरि पूर्णरूपमा व्यवस्थित गरेको सम्झनामा दिवस मनाउन थालिएको हो । मुस्लिम समुदायलाई अग्रस्थानमा पु¥याएको सम्झनामा मुस्लिम धर्मावलम्बीहरूले हिजरी संवत्मा पर्ने १२ रब्बी–औवललाई हजरत पैगम्बरको जन्म दिनको रूपमा विश्वभर मनाउने गरेका छन् ।