प्रस, वीरगंज, २ कात्तिक/
वीरगंज महानगरपालिका, वडा नं ९ को कार्यालयले मङ्गलवार ३० जना महिलालाई सिलाइ मेशिन वितरण गरेको छ ।
एक महीने सिलाइकटाइ तालीम समापन कार्यक्रममा सहभागी महिलाहरूलाई प्रमाणपत्रसहित सिलाइ मेशिन वितरण गरिएको वडाध्यक्ष मनोजकुमार कलवारले बताए । उनले वडाका महिलाहरूलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन तालीमको आयोजना गरिएको बताए ।
कार्यक्रममा वडा अधिकृत राजीव गिरीले सिकेको सीपलाई आयआर्जनको माध्यम बनाउन जोड दिए । सरिता गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा महिला सदस्य दिलमाया श्रेष्ठ, प्रशिक्षक पूनम पटेल, संयोजक वंशीधर रौनियारलगायतको सहभागिता थियो ।