प्रस, पोखरिया, २५ असोज/

जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक आधारभूत विद्यालयका निमित्त प्रधानाध्यापक विनोद महतो थारूले राजीनामा दिएपछि विद्यालय प्रअविहीन भएको छ ।

विद्यालयका प्रधानाध्यापक व्यास महतोले २०७८/०१/०१ मा स्वेच्छिक अवकाश पाएपछि उनले विनोद महतो थारूलाई निमित्त प्रअको जिम्मेवारी दिएका थिए ।

तर पोखरिया नगरपालिकाले २०७८/०२/०२ मा ओमप्रकाश रौनियारलाई निमित्त प्रअ नियुक्त गरेपछि विवाद भएको थियो र विनोद महतो थारूले सोविरुद्ध उच्च अदालतमा रिट दायर गरेका थिए ।

अदालतको २०७८/०२/२० को आदेश अनुसार प्रअ थारू निमित्त प्रअमा पुनः नियुक्त भएपनि उनको कुरा शिक्षकहरूले नटेर्ने र आर्थिक कारोबारहरूको जिम्मेवारी नपाउँदा विद्यालय सञ्चालनमा समस्या भएपछि प्रअ थारूले असोज २३ गते राजीनामा दिएका थिए ।

प्रअ थारूले राजीनामा दिएपछि अहिले विद्यालय प्रअविहीन भएको छ । विद्यालयमा वैशाखदेखि प्रअको विवादले अध्यापन नियमित हुन सकेको छैन । शिक्षक नआउने, आएका शिक्षकहरूले पनि नपढाउने जस्ता बेथितिले विद्यालयको कामकारबाई प्रभावित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here