प्रस, परवानीपुर, २५ असोज/
वीरगंज उद्योग वाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वीरगंजका उद्योगी–व्यवसायी, सुरक्षा निकाय, समाजसेवी तथा राजनीतिकर्मीलगायतले एकापसमा मिलेर शुभकामना आदानप्रदान गरेका थिए ।
कार्यक्रममा वीरगंजका वरिष्ठ उद्योगपति बाबुलाल चाचान, आत्माराम काबरा, हीरालाल केडिया, वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष गणेश लाठ, अशोक टेमानी, प्रदीप केडिया, नेपाली काङ्ग्रेस पर्साका सभापति अजयकुमार द्विवेदी, नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजरा, प्रदेश सांसद प्रह्लाद गिरी, भीमा यादव, प्राध्यापक सुषमा तिवारी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष अनुप तिवारी, पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी उपरीक्षक हिमालय श्रेष्ठलगायत विभिन्न क्षेत्रका अगुवाहरूको सहभागिता थियो ।
वीउवासङ्घका अध्यक्ष सुबोध गुप्ताको संयोजनमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्षद्वय अनिल अग्रवाल, माधव राजपाललगायत पदाधिकारी, नेपाली युवा उद्यमी मञ्चका पदाधिकारी, वीरगंजका बैंकर्सलगायतको सहभागिता थियो ।