काबुल, ५ असोज/सिन्ह्वा

अफगानिस्तानमा दुई दिन अघि भएको हिंसात्मक आक्रमणमा आइएसको हात रहेको बताइएको छ । तालिबानी सेनाले काबुलमा ५० जनाको ज्यान जानेगरी भएको सो हिंसात्मक विस्फोटमा आइएसको हात रहेको बताएको छ ।

अफगानिस्तानका विद्रोही तालिबानीहरूले गत महीना विद्रोह गरेर शासन हत्याएपछि गत शुक्रवार सबैभन्दा हिंसात्मक हमला भएको थियो । एक जना आत्मघाती बम हमलाकारीले उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समय पारेर सो आक्रमण गरेको थियो ।

उक्त आत्मघाती हमलामा परी कम्तीमा ५० जना मारिएका अधिकारीहरूले बताएका छन् । अरू दर्जनौं व्यक्ति घाइते भएका छन् । एउटा मस्जिदमा गरिएको सो हमलामा परी मारिएकामा अल्पसङ्ख्यक शिया समुदायका नागरिक रहेका बताइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।

तर यहाFको सत्ता तालिबानले लिएपछि यस अघि पनि इस्लामिक स्टेटले कतिपय स्थानमा हमला गरी नागरिकको हत्या गरेको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here