प्रस, वीरगंज, २४ असोज/

इलाका प्रहरी कार्यालय जीतपुरले लागूऔषधसहित दुईजना भारतीय युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले वीरगंजबाट काठमाडौं गइरहेको ना.६ख ६३७७ नम्बरको बसबाट डाइजेपाम, नुर्फिन र फेनारगन १८ सय थान बरामद भएको बताए ।

उनले डस्नाभित्र लुकाएर लैजाने क्रममा सो परिमाणको लागूऔषध बरामद भएपछि भारत मोतिहारी निवासी २९ वर्षीय मुन्ना कुमार र ३५ वर्षीय मुनिलाल कुमारलाई पक्राउ गरिएको प्रवक्ता मिश्रले बताए । उनीहरूले डस्नाभित्र लागूऔषध लुकाएर बसबाट अन्यत्र लग्ने प्रयास गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here