प्रस, वीरगंज, २२ असोज/
जनता समाजवादी पार्टी नेपालका पर्सेली नेता, कार्यकर्ता निराश बनेका छन् ।
जसपाबाट पर्सा क्षेत्र नं १ का सङ्घीय सांसद प्रदीप यादवलाई मन्त्री बनाउने आश्वासन दिए पनि मन्त्री नबनाएकोले नेता, कार्यकर्ताहरू निराश बनेका छन् ।
लामो समयको रस्साकस्सीपछि जसपाका नेता राजेन्द्र श्रेष्ठलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रीमा रेणु यादव, वनमन्त्रीमा बाराबाट रामसहायप्रसाद यादव र कृषिमन्त्रीमा महेन्द्रराय यादवलाई सरकारमा पठाएपछि पर्सेली जसपाका नेता, कार्यकर्ताहरू असन्तुष्ट बनेका हुन् ।
सांसद प्रदीप यादवले गत २०७४ सालको तीन तहकै चुनावमा पर्सामा विजयी गराउन महŒवपूर्ण योगदान दिएको तर पार्टीले उनको
योगदानको कदर नगरेको भन्दै निराश बनेको नेता, कार्यकर्ताले प्रतिक्रिया दिएका छन् ।
यसैलाई लिएर लिएर असन्तुष्ट नेता, कार्यकर्ताहरूले वीरगंजमा उपेन्द्र यादवको पुतला जलाउने तयारी गरेका छन् । तर जसपा पर्साका अध्यक्ष रामनरेश यादवले पुतला जलाउने कुनै कार्यक्रम नरहेको बताए । उनका अनुसार पार्टीको निर्णयलाई मानेर पर्साका नेता, कार्यकर्तालाई संयमता अपनाउन आग्रह गरे ।