प्रस, वीरगंज, २२ असोज/

पर्सा जिल्लाका सातवटा पालिकाहरुमा आजदेखी भेरोसेलको पहिलो मात्राको खोप लगाइदैछ ।
स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत पशुपति यादवले आजदेखी दोस्रोचरणको खोप अभियान शुरु भएको बताए ।

उनले पहिलो चरण सातवटा पालिकामा भेरोसेलको पहिलो मात्रा लिन बाँकी ३५ वर्षमाथीका सबै, १८ वर्ष पुगेका भेरोसेलको पहिलो मात्रा लिन छुट विद्यार्थी र भेरोसेलको पहिलो मात्राको खोप लिएर दोस्रो मात्राको खोप लिन बाँकी सबैलाई खोप दिइएको बताए । उनले दोस्रोचरणमा आजदेखी पनि सोही मापदण्डमा पर्नेहरुलाई दिइएको बताएका छन ।

दोस्रो चरणमा वीरगंज महानगरपालिका, बहुदरमाई नगरपालिका, धोबिनी, छिपहरमाइ, विन्ध्यवासिनी, पकाहामैनपुर, कालिकामाई गापाका वडा कार्यालहरुमा खोप लगाउनेका काम भैरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here