महाभारतबाट सङ्कलन तथा अनुवाद
- उमाशङ्कर द्विवेदी
महाबाहु सात्यकिको मारबाट भयभीत भएर भागेका कौरवसेनामा कसैको पनि साहस उनको सामु टिक्न सक्ने देखिएन । यो हेरेर द्रोणाचार्यलाई बडो क्रोध भयो तथा उनी स्वयम् नै उनीमाथि जाइलागे ।
यता शलले द्रौपदीका पुत्रहरूमध्ये प्रत्येकलाई पहिला पाँच/पाँच वटा अनि फेरि सात/सात वटा बाण हानेर घाइते पारिदिए । यसबाट उनीहरूलाई अत्यन्त नै पीडा भयो तथा अचम्भित भई आफ्नो कर्तव्यको विषयमा केही पनि निश्चय गर्न सकेनन् । यतिकैमा नकुलका पुत्र शतानीकले दुईटा बाण हानी शललाई घाइते पारेर बडो भारी गर्जना गरे । यसै प्रकार अन्य द्रौपदी कुमारहरूले पनि तीन/तीन वटा बाण हानेर शललाई घाइते पारिदिए । अनि शलले उनीहरूमध्ये प्रत्येकलाई पाँच/पाँच वटा बाण हानेर अझ एक/एक वटा बाण उनीहरूको छाती ताकेर हाने ।
अनि अर्जुनका पुत्रले चारवटा बाण हानेर उनको घोडालाई मारिदिए, भीमसेनका पुत्रले उनको धनुषलाई काटेर बडो जोडले गर्जना गरे । युधिष्ठिर कुमारले उनको ध्वजा काटेर खसालिदिए, नकुलका पुत्रले सारथिलाई रथबाट तल लडाइदिए तथा सहदेव कुमारले एउटा तीखो बाण हानेर उनको टाउको काटेर खसालिदिए । उनको शिर काटिएको हेरेर तपाईंका सैनिकहरू भयभीत भई यताउति भाग्न थाले ।
एकातिर महाबली भीमसेनको साथमा राक्षस अलम्बुसको युद्ध भइरहेको थियो । भीमसेनले नौवटा बाण हानेर राक्षसलाई घाइते पारिदिए । अनि त्यो भयानक राक्षस भीषण गर्जना गर्दै भीमसेनतिर दौडियो । राक्षसले भीमसेनलाई पाँचवटा बाण हानेर उनको सेनाको तीन सयजना रथीको संहार गरिदियो । फेरि चार सय जति अन्य वीरलाई पनि मारेर एक बाणले भीमसेनलाई पनि घाइते पारिदियो । त्यस बाणबाट भीमसेनलाई गहिरो चोट लाग्यो र उनी ढलमलिंदै अचेत भएर रथभित्र नै लडिहाले ।
केहीबेरपछि उनको चेत खुल्दा उनी आफ्नो भयङ्कर धनुष तानेर चारैतिरबाट राक्षस अलम्बुसलाई व्यथित पार्न थाले । यतिबेला त्यस राक्षसलाई आफ्नो भाइ बकलाई भीमसेनले नै मारेको सम्झना भयो । अतः उसले भयानक रूप धारण गरेर भीमसेनसित भन्यो– “दुष्ट भीम, तिमी जुन बेला मेरो महाबली भाइ बकलाई मारेका थियौ, त्यति बेला म त्यहाँ थिइनँ, आज तिमीले त्यसको फल चाख ।” यति भनेर ऊ त्यहाँबाट अन्तध्र्यान भयो तथा भीमसेनमाथि भयङ्कर बाण वर्षा गर्न थाल्यो ।
भीमसेनले पनि सम्पूर्ण आकाशलाई बाणबाट व्याप्त गरिदिए । त्यसबाट पीडित भएर त्यो राक्षस आफ्नो रथमा आएर बस्यो अनि पृथ्वीमाथि ओर्लेर सानो रूप धारण गरी आकाशमा उडेर विलुप्त भयो । ऊ क्षण–क्षणमा तल–माथि, अणु–बृहत् तथा स्थूल–सूक्ष्म रूप धारण गरेर मेघको समान गर्जना गर्न थाल्दथ्यो । ऊ आकाशमाथि चढेर शक्ति, कणप, प्रास, शूल, पट्टिश, तोमर, शतघ्नी, परिघ, भिन्दिपाल, परशु, शिला, खड्ग, गुड, ऋष्टि र बज्र आदि अनेकौं अस्त्रशस्त्रको वर्षा ग¥यो । ती अस्त्रशस्त्रबाट भीमसेनका अनेकौं सैनिक नष्ट हुन पुगे ।
अनि भीमसेन कुपित भएर विश्वकर्मास्त्रको प्रहार गरे । त्यसबाट चारैतिरबाट अनेकौं बाण प्रकट भए । त्यसबाट पीडित भएर तपाईंको सैनिकमा भागदौड मच्चियो । त्यस अस्त्रले राक्षसी मायालाई नष्ट पारेर त्यस राक्षसलाई पनि बडो पीडा पु¥यायो । यस प्रकार भीमसेनबाट पीडित भएर ऊ भागेर द्रोणाचार्यको सेनामा गयो। त्यस महाबली राक्षसलाई जितेर पाण्डवहरू सिंहनाद गरेर सम्पूर्ण दिशालाई गुञ्जायमान गर्न थाले ।
अब हिडिम्बाकी पुत्र घटोत्कचले अलम्बुस राक्षसको सामु आएर उसलाई तीखो बाणहरूबाट व्यथित पार्न थाले । यसबाट अलम्बुसको क्रोध झनै बढेर आयो र उसले घटोत्कचमाथि भीषण चोट ग¥यो । यस प्रकार ती दुवै राक्षसको बीचमा भीषण युद्ध हुन थाल्यो । घटोत्कचले अलम्बुसको छाती ताकेर बीसवटा बाण हानेर बारम्बार सिंहझैं गर्जना गर्न थाले तथा अलम्बुसले रणकर्कश घटोत्कचलाई घाइते पारेर आफ्नो सिंहनादले आकाशलाई गुञ्जायमान पारिदियो । दुईटैले सयकडौं मायाजाल गरी एकअर्कालाई मोहित पार्न थाले । मायायुद्धमा खप्पिस भएको कारणले अब उनीहरूले त्यसैको आश्रय लिए । त्यस युद्धमा घटोत्कचले जति मायाको प्रदर्शन गरे पनि अलम्बुसले ती जम्मैलाई नष्ट पारिदियो । यसबाट भीमसेन आदि कैंयन महारथीको क्रोध झन् बढेर आयो तथा उनीहरू पनि अलम्बुसमाथि जाइलागे ।
अलम्बुसले आफ्नो बज्रको समान प्रचण्ड धनुष तानेर भीमसेनमाथि पच्चीसवटा, घटोत्कचमाथि पाँचवटा, युधिष्ठिरमाथि तीनवटा, सहदेवमाथि सातवटा, नकुलमाथि त्रिहत्तरीवटा र द्रौपदीपुत्रहरूमाथि पाँच/पाँच वटा बाण हानेर बडो भीषण सिंहनाद ग¥यो । जवाफमा भीमसेनले नौवटा, सहदेवले पाँचवटा, युधिष्ठिरले सयवटा, नकुलले चौसट्ठीवटा र द्रौपदीपुत्रहरूले पाँच/पाँच वटा बाण उसमाथि हानेर उसलाई व्यथित पारे । घटोत्कचले उसमाथि पचासवटा बाण हानी फेरि सत्तरीवटा बाण हानेर भीषण गर्जना गरे । त्यस भीषण सिंहनादबाट पर्वत, वन, वृष र जलाशयसहित सम्पूर्ण डगमगाउन थाले । अनि अलम्बुसले प्रत्येक वीरमाथि पाँच/पाँच वटा बाण प्रहार ग¥यो ।
यसबाट घटोत्कच र पाण्डववीरहरू अत्यन्त उत्तेजित भई उसमाथि चारैतिरबाट तीखो–तीखो बाण वर्षा गर्न थाले । विजयी पाण्डवहरूको मारबाट व्यथित भएर त्यो राक्षस किंकर्तव्यविमूढ हुन पुग्यो । उसको यस्तो स्थिति हेरेर युद्धदुर्मद घटोत्कचले उसको वध गर्ने विचार गरे । उनी आफ्नो रथबाट हाम्फालेर अलम्बुसको रथमा गई उसलाई अठ््याए । अनि हातमा उचालेर चारैतिर फनफनी नचाउँदै पृथ्वीमाथि थचारिदिए । यो हेरेर तपाईंका सम्पूर्ण सेना अत्यन्त भयभीत हुन पुग्यो । वीर घटोत्कचको प्रहारबाट अलम्बुसका जम्मै अङ्ग भाँच्चियो तथा उसको हाड चूर्ण भयो । यस प्रकार महाबली अलम्बुसलाई मरेको हेरेर पाण्डवहरूले हर्षातिरेकमा सिंहनाद गर्न थाले तथा तपाईंको सेनामा हाहाकार मच्चियो । क्रमशः…