प्रस, वीरगंज, २१ असोज/

धोबिनी गाउँपालिकाका जनप्रतिनिधिहरूबीच भागबन्डा मिलेपछि बुधवार अबेर राति गाउँसभा सम्पन्न भएको छ ।

असार १० गतेभित्र गाउँसभा सम्पन्न गर्नु पर्नेमा भागबन्डा नमिल्दा तीन महीना लम्बिएको थियो।

जनप्रतिनिधिहरूले एक थान मोबाइल, पाँच हजार नगद बुझेर गाउँसभा राति सम्पन्न गरेका हुन्। गाउँसभा नहुँदा कर्मचारीहरूको तलब पनि रोकिएको थियो ।

गापा अध्यक्ष सुरेशप्रसाद कुर्मीले प्रचारमुखी बजेट ल्याएको भनेर जनप्रतिनिधिहरूले गाउँसभा हुन दिएका थिएनन् । २० हजार मूल्य पर्ने रेडमीको मोबाइल र पाँच हजार नगद पाएपछि बुधवार राति सबैजना गाउँसभामा उपस्थित भएर बजेट पारित गरे ।

एकजना जनप्रतिनिधिले २० हजारको मोबाइल र पाँच हजार नगद बुझेर वडाध्यक्ष, वडा सदस्य, वडा पालिका सदस्यहरूले गाउँसभा सम्पन्न गरेको बताए ।

पारित बजेट अनुसार गापा प्रमुखले पाँच करोड, उपप्रमुखले दुई करोड र वडाध्यक्षहरूले ५० लाख तथा कार्यसमिति सदस्यहरूले २० लाखको बजेट सञ्चालन गर्नेगरी सहमति भएको स्रोतले जनाएको छ ।

एकजना सदस्यले सहमति भएपछि बजेट पारित भएको बताए । उनले के के लेखिएको थियो थाहा नभएको र सहमतिको आधारमा हस्ताक्षर गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here