प्रस, वीरगंज, २१ असोज/
वीरगंज मुर्ली नवकाटोला ईदगाहमा दाहसंस्कार गर्न लागिएको एक नाबालिकाको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारत घर भएको जिउनत खातुनको शवलाई अन्त्येष्टि गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
मृत्युपछि दाहसंस्कारको क्रममा बढी व्यक्तिहरूको सहभागिता रहने गर्छ । तर आज ती नाबालिकालाई अन्तेष्टि गर्दा चारजना उपस्थिति रहेको देखेर स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले मलामी गएका चारजनालाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेमा मृतक १८ वर्षीय जिउनतका बुबा, काका तथा जगरनाथपुर गापाका अध्यक्ष जालीम मियाँका नातिलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । गापा अध्यक्ष मियाँका नातिले आफू मुखियाको परिवारको छोरा भएको भन्दै प्रहरीलाई धम्क्याउँदा प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जबरजस्ती करणीपछि अत्यधिक रक्तस्राव भएको र उपचारका क्रममा मृत्यु भएकोले घटना लुकाउन हतारमा शव गाड्न खोजेको प्रहरीले जनाएको छ ।