प्रस, जनकपुरधाम, २१ असोज/

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीले प्रदेशसभामा दुई तिहाइ सांसदको समर्थनसहित विश्वासको मत पाएपछि जानकी मन्दिरमा गएर पूजा गरेका छन् ।

बुधवार विश्वासको मत पाएका मुख्यमन्त्री गद्दी बिहीवार जानकी मन्दिर पुगेर मन्दिरका महन्तको गोडा ढोकेर आशीर्वाद लिएका छन् । उनले मन्दिरका महन्त रामतपेश्वर दासको कार्यकक्षमा पुगेर आशीर्वाद लिएका हुन् । सो क्रममा मुख्यमन्त्री गद्दीलाई महन्त दासले माला पहि¥याइ दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

प्रदेशमा सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) फुटेपछि मुख्यमन्त्री गद्दीले विश्वासको मत लिनुपरेको हो । बुधवार प्रदेशसभा बैठकमा उपस्थित एक सयजना सांसदमध्ये ७७ जनाले गद्दीलाई मुख्यमन्त्रीमा विश्वासको मत दिएका थिए । २३ जनाले भने विपक्षमा मत दान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here