प्रस, जनकपुरधाम, २० असोज/

प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीले प्रदेश २ सरकारलाई बदनाम गर्ने प्रयास भएको आरोप लगाएका छन् । बुधवार प्रदेशसभा बैठकमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि मुख्यमन्त्री कार्यालयमा छापा मार्नुले सरकारलाई बदनाम गर्ने षड्यन्त्र स्पष्ट भएको बताएका छन् ।

“केही कमजोरी भए बोलाएर सोध्न सकिन्थ्यो,” एक्कासि छापा मार्नु हस्तक्षेप भएको बताउँदै गद्दीले भने, “यदि त्यसमा कुनै त्रुटि छ वा फाइल कमजोर छ भने बोलाएर सोध्न सकिन्छ, तर यो ‘आक्रमण हो । प्रदेश सरकारलाई बदनाम गर्ने प्रयास गरिएको हो ।”

मुख्यमन्त्री कार्यालयले बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रम अन्तर्गत गत वर्ष प्रदेशभरका ८ कक्षाका छात्रालाई साइकल वितरण गरेको थियो । सो कार्यक्रम पारदर्शी नभएको भन्दै समाचार प्रकाशन भएपछि अख्तियारले गत हप्ता छापा मारेको थियो । अख्तियारले छापा मारे पनि यसलाई राजनीतिक दलले एजेन्डा बनाउन नहुने मुख्यमन्त्री गद्दीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here