प्रस, निजगढ, १९ असोज/

६६औं प्रहरी दिवसको अवसरमा इलाका प्रहरी कार्यालय निजगढले सरसफाइ कार्यक्रम मङ्गलवार गरेको छ ।

राजमार्गको दुवै किनारालाई फोहरमुक्त बनाउँदै लायन्स क्लब निजगढ, संयुक्त मेची–महाकाली बुहारी संयुक्त आवाज निजगढलगायत विभिन्न सङ्घसंस्थाहरूको सहभागितामा सरसफाइ कार्यक्रम गरिएको हो ।

इलाका प्रहरी कार्यालयको परिसर हुँदै बुद्धचोकसम्म करीब एक किलोमिटर दूरीमा रहेको मुख्य चोक, बस प्रतीक्षालयलगायतका सार्वजनिक स्थानहरूमा सरसफाइ गरेको थियो । प्रहरी दिवसमा फोहोरमैलामुक्त गाउँसमाज निर्माणमा सकारात्मक पहल गर्दै माथिल्लो निकायको निर्देशनअनुरूप कार्यक्रम गरिएको इप्रका निजगढका प्रहरी निरीक्षक शङ्करप्रसाद चौधरीले बताए ।

प्रहरी शान्ति सुरक्षाका निम्ति कटिबद्ध सङ्गठन भएको बताउँदै स्वच्छ वातावरणले हरेक प्राणीको जीवन स्वस्थ हुने मात्र होइन, हरेक मानव पनि स्वस्थ हुने भएकोले स्वस्थ मानवबाट समाजमा झनै स्वच्छ, शान्ति, सद्भाव, मैत्रीभाव बढ्नुका साथै सकारात्मक सोंच पैदा हुने अनि त्यसै अनुरूपको कार्य पनि हुने प्रनि चौधरीले बताए ।

दशैं, तिहार, छठ पर्व नजीकिंदै गर्दा भीडभाड बढी हुने र कोरोना सङ्क्रमणको अवस्था अझै पूर्णरूपमा नियन्त्रणमा आइनसकेको अवस्थामा स्वास्थ्य सुरक्षाको पालना गर्दै सरसफाइमा समेत उचित ध्यान दिनुपर्ने सो कार्यक्रममा सरिक निजगढ नपाका वडाध्यक्ष सुदर्शनप्रसाद बडालले बताए । गाउँबस्ती, नगरको सरसफाइमा नगरवासी आफैं पनि सक्रिय रहनुपर्ने निजगढ नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकृष्ण नेपालले बताए ।

प्रस, सिम्रौनगढ/

६६औं प्रहरी दिवस सिम्रौनगढ नगरपालिकामा मङ्गलवार सफाइ गरेर मनाइएको छ ।

दिवसको अवसरमा आज बिहान इलाका प्रहरी कार्यालय सिम्रौनगढले कङ्काली मन्दिरमा सफाइ गरेको प्रहरी निरीक्षक दीपक सुवेदीले बताए । सफाइ कार्यक्रममा प्रहरी, जनप्रतिनिधि, कर्मचारीलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here