प्रस, वीरगंज, १९ असोज/

बारा प्रहरीले लागूऔषध गाँजा, खैरो हेरोइन तथा ड्रग्स ओसारपसारको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा निजगढ नपा–७ का २९ वर्षीय लोकबहादुर रानामगर, सोही वडाका ३१ वर्षीय रवि तामाङ, वडा नं ६ का ३४ वर्षीय दिनेश थापा र मेघनाथ तिमिल्सिना रहेका छन् भने अर्का जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २० बस्डिल्वाका इसराइल मियाँ अन्सारी रहेका छन् ।

मियाँ ११ किलो गाँजासहित पक्राउ परेका हुन् भने निजगढका चारजना खैरो होरोइन तथा लागूऔषध ट्याब बरामद भएपछि पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार प्रहरी टोलीले सुराकीको आधारमा मियाँको घरबाट ११ किलो गाँजा उनको खाटमुनिको बाल्टिनमा कालो झोलामा लुकाइराखेको अवस्थामा बरामद गरेको थियो भने निजगढ नपा–७ का लोकबहादुर रानामगरको घरबाट १.२० ग्राम खैरो हेराइनसहित २८/२८ थान डाइजेपाम, नुर्फिन र फेनारगन बरामद भएको थियो ।

मियाँको घरमा गएराति पौने ११ बजे छापा मारिएको थियो भने निजगढको रानामगरको घरमा हिजो साँझ ६ बजे छापा मारिएको बारा प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here