क्यानबेरा (अस्ट्रेलिया), १९ असोज/एपी
अस्ट्रेलियाले अर्को वर्ष (२०२२) सम्म बाह्य पर्यटकहरूलाई नभिœयाउने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले मङ्गलवार बताए अनुसार कुशल आप्रवासीहरू र विद्यार्थीहरूलाई अस्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ । अस्ट्रेलियाले आजसम्म १६ वर्ष माथिका ८० प्रतिशत जनतालाई कोभिडविरुद्धको दोस्रो मात्राको खोप लगाइसक्ने जनाएको छ ।
गत हप्ता प्रधानमन्त्री मोरिसनले खोपलगायतका नागरिक र स्थायी बासिन्दाहरूलाई पहिलोपटक नोभेम्बरबाट विदेश उडान गर्न अनुमति दिने योजना सार्वजनिक गरेका थिए । गत वर्ष मार्चमा लिइएको सीमा प्रतिबन्धको निर्णयपछिको यो सीमा खुकुलो बनाउने पहिलो र महŒवपूर्ण निर्णय थियो । यसैबीच, प्रधानमन्त्री मोरिसनले मङ्गलवार अस्ट्रेलियालीहरूपछि स्वदेश प्रवेशको अबको प्राथमिकता बाह्य पर्यटकहरूभन्दा कुशल आप्रवासी र अन्तर्राष्ट्रिय विद्यार्थीहरू हुने बताएका छन् ।
अन्य देशहरूबाट अस्ट्रेलिया प्रवेश गर्नेहरूको सङ्ख्या दोस्रो विश्वयुद्धपछि सबैभन्दा कम कोभिड महामारी र यसबाट सिर्जित प्रतिबन्धका कारण भएको हो । कोभिड महामारीले अस्ट्रेलियाली विश्वविद्यालयहरूमा अत्यन्तै नकारात्मक असर पारेको छ । किनकि यहाँका प्रायः विश्वविद्यालयहरू विदेशी विद्यार्थीले तिर्ने शुल्कमा निर्भर हुने गर्दछन् । जारी सीमा प्रतिबन्ध निरन्तर रहँदा अन्तर्राष्ट्रिय विद्यार्थी अन्य मुलुकमा जान सक्ने डरले यहाँका विश्वविद्यालयहरू चिन्तित देखिन्छन् ।
प्रधानमन्त्री मोरिसनले सेभेन नेटवर्क टेलिभिजनलाई भने, “अर्को प्राथमिकता कुशल आप्रवासी हुन्, जो देशका लागि धेरै महŒवपूर्ण छन् र जसले पूर्ण खोप पनि लगाएका छन् । साथसाथै अस्ट्रेलियामा अध्ययन गर्न आउने र अध्ययनपश्चत् फर्किने विद्यार्थी पनि त्यत्तिकै महŒवपूर्ण छन् ।“
अस्ट्रेलियाली पर्यटन परिषद् जसले एक क्षेत्रको प्रतिनिधित्व गर्दछ, त्यसले महामारीभन्दा पहिले अन्तर्राष्ट्रिय पर्यटकहरूबाट मात्र एक वर्षमा ४५ अर्ब अस्ट्रेलियाली डलर कमाएको थियो । यस परिषद्ले मार्चसम्ममा सीमा प्रतिबन्ध हट्ने र बाह्य पर्यटकको आवागमनमा सहजता आउने अपेक्षा गरेको छ । अस्ट्रेलियाले कोभिडविरुद्धको खोप अभियानलाई तीव्र बनाइरहेको छ तर पनि सङ्कट भने नियन्त्रणमा आइसकेको छैन । रासस