जेरुसेलम, १९ असोज/एपी

इजरायली राष्ट्रपति इसहाक हर्जोग मङ्गलवार युक्रेनको बाबी यार नरसंहारको ८०औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।
उक्त नरसंहार यहुदीको सबैभन्दा ठूलो सामूहिक हत्यामध्ये एक हो ।

नाजीद्वारा सन् १९४१ सेप्टेम्बर २९ र ३० मा घटाइएको उक्त घटनामा ३३,००० भन्दा बढी मानिस मारिएका थिए । त्यसमा अधिकांश यहुदी थिए ।

गत जुलाईमा राष्ट्रपति पद सम्हालेका हर्जोगको यो पहिलो राजकीय भ्रमण हो । यद्यपि उनी छिमेकी जोर्डन राजा अब्दुल्लाह द्वितीयसँग वार्ताका लागि भने त्यसतर्फ गएका थिए । ¥याभिन (खोला) जसलाई बाबिन यार पनि भनिन्छ, त्यहाँ ३३,००० जनालाई सामूहिक मृत्युदण्ड दिइएको थियो । मृत्युदण्डको बीभत्स दृश्यस्थलका रूपमा परिचित त्यस स्थलमा यहुदी, रोमा र सोभियत युद्ध कैदीसहित १००,००० मानिस मारिएका थिए ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, जो यहुदी वंशका हुन्, उनले हर्जोगलाई उक्त समारोहमा आमन्त्रित गरेका थिए । गत हप्ता बाबी यारको भ्रमणको क्रममा उनले त्यहाँको त्रासदी कहिल्यै दोहोरिनुहुँदैन भनेका थिए ।

उनले भनेका थिए यस्तो त्रासदी युक्रेनमा छैन । युरोपमा कहीं पनि छैन । संसारमा कहीं छैन । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here