चिरञ्जीवी सापकोटा, ठोरी, १७ असोज/

ठोरी गाउँपालिका–२ को ब्यारेक खेलमैदानमा जारी दशैं कप–२०७८ को आइतवार पाँचौं दिनको पहिलो खेलमा युवा हरियाली क्लब ‘बी’ हनुमाननगरलाई अमृत युवा क्लब ‘बी’ले एक गोलअन्तरले पराजित गरेको छ । आजको खेलमा अमृत युवा क्लबका खेलाडी सुरेश खवासले गरेको एक गोल नै निर्णायक भयो । उनी नै पहिलो खेलको ‘म्यान अफ दी म्याच’ घोषित भएको आयोजक समितिका गोपाल भण्डारीले बताए ।

यसैगरी, दोस्रो खेलमा आयोजक वनशक्ति युवा क्लब ‘ए’ ठोरी–२ ले बुद्धनगर युथ क्लब ठोरी–३ लाई एकका विरुद्ध चार गोलअन्तरले पराजित गरेको छ । बुद्धनगरले एक र वनशक्तिले चार गोल गरेको थियो । मध्यान्तरपूर्वकै खेलमा वनशक्ति युवा क्लबका राज तामाङले पहिलो गोल गरी टीमलाई अग्रता दिलाए ।

मध्यान्तरपछिको खेलमा तामाङले नै दोस्रो गोल गरेका थिए । त्यसपछि बुद्धनगर युथ क्लबका निराजन श्रेष्ठले एक गोल फर्काए । लगत्तै वनशक्तिका मन्दीप तामाङ र अशोक बस्नेतले एक/एक गोल गरी क्लबलाई जीत दिलाएका थिए ।

दोस्रो खेलको ‘म्यान अफ दी म्याच’ वनशक्ति युवा क्लबका अशोक बस्नेत घोषित भए ।

भोलिको पहिलो खेल थ्रीस्टार युवा क्लब ठोरी–१ र निर्मलबस्ती युवा क्लब ठोरी–४ बीच हुनेछ भने दोस्रो खेल जनचेतना युवा क्लब ठोरी–१ र अमृत युवा क्लब ‘ए’ बीच हुने खेल संयोजक सुनील लामाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here