चिरञ्जीवी सापकोटा, ठोरी, १६ असोज/

ठोरी गाउँपालिका–२ को ब्यारेक खेलमैदानमा जारी दशैं कप २०७८ को चौंथो दिनको पहिलो खेलमा युवा हरियाली क्लब ‘ए’ ठोरी–२ हनुमाननगरलाई निर्मल समाज युवा क्लब ठोरी–४ मिलचोकले एक गोलअन्तरले पराजित गरेको छ । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा निर्मल समाज युवा क्लबका नीरज तामाङले गरेको एक गोल आजको खेलको निर्णायक भयो । उनी नै आजको खेलको म्यान अफ दी म्याच घोषित भए ।

दोस्रो खेलमा नवयुवा क्लब ठोरी–२ गौतमनगरले सनराइज युवा क्लब ठोरी–३ रामनगरलाई ६ गोलअन्तरले फराकिलो जीत हात पा¥यो । नवयुवा क्लबको जीतमा नवयुवा क्लब गौतमनगरका रवि विश्वकर्माले चार गोल गरे भने रोहन मगरले दुई गोल गरे । दोस्रो खेलको म्यान अफ दी म्याच नवयुवा क्लबका रवि विश्वकर्मा घोषित भए ।

भोलिको पहिलो खेल युवा हरियाली क्लब ‘बी’ हनुमाननगर र अमृत युवा क्लब ‘बी’ सुन्दरबस्तीबीच हुनेछ भने दोस्रो खेल बुद्धनगर युवा क्लब ठोरी–३ बुद्धनगर र आयोजक वनशक्ति युवा क्लब ‘ए’ ठोरी–२ बीच हुने खेल संयोजक सुनील लामाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here