प्रस, वीरगंज, १६ असोज/

जनता समाजवादी पार्टी (जसपा) नेपालले वीरगंजमा वर्षाको बावजूद शनिवार मसाल जुलुश प्रदर्शन गरेको छ । जसपा वीरगंज महानगर कामटीका अध्यक्ष ईश्वर यादवको नेतृत्वमा मसाल जुलुश प्रदर्शन गरिएको हो ।

वीरगंजको घण्टाघरबाट निस्किएको जुलुस माईस्थान, आदर्शनगर, ग्रीनसिटी हुँदै घडीअर्वा चोक भएर पुनः घण्टाघरमा आई कोणसभा गरी समापन भएको थियो ।

कोणसभामा बोल्दै जसपाकी केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य करिमा वेगमले सङ्घीयताविरोधी क्रियाकलापहरू गरेर सरकारले सङ्घीयतालाई मास्न खोजेको आरोप लगाइन् ।

कार्यक्रममा जसपाका केन्द्रीय सदस्य फिरोज मन्सुर, जसपा पर्साका अध्यक्ष रामनरेशप्रसाद यादव, केन्द्रीय परिषद् सदस्य सलाउद्दिन अहमद, जिल्ला सचिव तबरेज अहमद, प्रदेश सदस्य एवं प्रदेश नम्बर २ का मुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादवलगायतले अख्तियारको छापामार शैलीप्रति आपत्ति जनाए ।

सो अवसरमा सहभागीहरूले ‘अख्तियार दुरुपयोग मुर्दाबाद, सङ्घीयता मास्न पाइँदैन, छापामार शैली चल्दैन, मुख्यमन्त्री हाम्रा शान हुन्, अख्तियार गो ब्याक’लगायतका नारा लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here