प्रस, निजगढ, १६ असोज/

सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड निजगढको २२औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । सो सभाले तेस्रोपटक पुनः भोलाप्रसाद गौतमलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।

संस्थाका उपाध्यक्ष हरिमाया उपाध्याय, सचिव बोधनाथ चौलागाईं, कोषाध्यक्ष बच्चुराम लामिछानेलगायत ११ सदस्यीय कार्यसमिति र लेखा संयोजन रुद्रप्रसाद धिताल, सदस्यहरू प्रह्लादप्रसाद रिमाल, मञ्जु कार्की रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं नगरप्रमुख सुरेशकुमार खनालले उद्घाटन गर्दै संस्थाले २२ औं वर्ष पार गर्दै गर्दा धेरै उकाली–ओराली, चुनौतीहरूको पक्कै पनि समाना गरेको हुनुपर्छ भन्दै इमानदारितापूर्वक निरन्तरता दिइरहँदा सानैबाट ठूलो हुने पाठ यस संस्थाबाट पनि लिन सकिने बताए ।

एकताका ऋणको आवश्यकता परिरहेको बेला बैंकले त्यस बेला आफूलाई नपत्याइरहेको अवस्थामा यस संस्थाले आफूलाई सहजरूपमा ऋण दिएर तत्कालको समस्या समाधान गर्न सकिएको बताउँदै शेयर सदस्यहरूका लागि मात्रै हैन ।

कार्यक्रममा केन्द्रिय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका केन्द्रिय सदस्य दिलबहादुर लामालगायतले मन्तव्य व्यक्त गरेका थिए । गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण बोधनाथ चौलागाईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here