नयाँ दिल्ली, १६ असोज/एएनआई
प्रधानमन्त्री नरेन्द्र मोदीले गाँधी जयन्तीको अवसरमा शनिवार महात्मा गाँधीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
नयाँ दिल्लीको गाँधी स्मृतिमा ‘राष्ट्रपिता’को सम्मानमा आयोजना गरिएको प्रार्थनासभामा प्रधानमन्त्री मोदी उपस्थित भई उनको तस्वीरमा फूलमाला तथा अबिर चढाएर श्रद्धाञ्जलि व्यक्त गरेका थिए । कार्यक्रममा भारतका उपराष्ट्रपति भेणकैया नायडू पनि उपस्थित भएका थिए ।
सन् १८६९ अक्टोबर २ मा गुजरातको पोरबन्दर शहरमा जन्मिएका महात्मा गाँधी (मोहनदास करमचन्द गाँधी)ले अहिंसात्मक प्रतिरोध अपनाएर औपनिवेशिक बेलायती शासनविरुद्धको स्वतन्त्रता सङ्घर्षको अग्रपङ्क्तिमा रहेर नेतृत्व गरेका थिए ।
गाँधीकै नेतृत्वमा सन् १९४७ मा भारतले आफ्नो स्वतन्त्रता प्राप्त गर्न सम्भव भएको थियो । बापू भनेर चिनिने उनको ‘स्वराज’ (स्वशासन) र ‘अहिंसा’ प्रतिको अटल विश्वासले उनलाई विश्वभर प्रशंसा प्राप्त मिलेको थियो । उनको भौतिकरूप नरहे पनि उनको कामले उहाँ अमर रहनुभएको छ।
विश्वव्यापीरूपमा गाँधीको जन्म जयन्तीलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसको रूपमा मनाइन्छ । यस अवसरलाई चिनाउन भारत र विश्वभरि थुप्रै कार्यक्रमहरू आयोजना गरिएका छन् ।