बरात, १६ असोज/सिन्ह्वा

मोरोक्कोका नागरिकलाई कोरोना भाइरसविरुद्ध तेस्रो खोप दिइने भएको छ । महामारीबाट आफ्ना नागरिकलाई जोगाउनका लागि सरकारले तेस्रो चरणको खोप लगाउने व्यवस्था गर्न लागेको हो ।

मोरक्कोको स्वास्थ्य मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार विज्ञ तथा सरोकारवालाको सिफारिशका आधारमा यस्तो निर्णय गरिएको हो । यसलाई राष्ट्रिय खोप अभियानकै एउटा अङ्गको रूपमा लागू गरिने पनि अधिकारीले जानकारी दिएका छन्् ।

आफ्ना नागरिकलाई मात्रै नभई मोरक्कोमा बस्ने विदेशी नागरिकलाई पनि खोपको व्यवस्था गरिने उनीहरूले बताएका छन्् । उत्तर अमेरिकी मुलुक मोरक्कोमा यसअघि पहिलो खोप अभियान भने गत जनवरी २८ मा शुरू भएको थियो । त्यहाँ शुरूमा चिनियाँ सिनोफर्म खोप लगाइएको थियो ।

सरकारी अधिकारीले शुक्रवार दिएको जानकारी अनुसार अहिलेसम्म मोरक्कोमा दुई करोड २७ लाख १९ हजार ८६ जनाले पहिलो मात्रा खोप लगाएका छन्् । तीमध्ये एक करोड ९१ लाख ९७ हजार ९१६ जनाले दुवै खोप लगाएका छन्् । मोरक्कोमा शुक्रवार मात्रै थप ९३६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्् । योसँगै कुल सङ्क्रमितको सङ्ख्या नौ लाख ३४ हजार सात पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोना भाइरसका कारण मोरक्कोमा अहिलेसम्म १४ हजार २९० जनाको मृत्यु भएको छ । तीमध्ये २३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । मोरक्कोमा अहिले पनि सङ्क्रमित अवस्थामैं रहेकामध्ये ८३५ जना अति सघन कक्षमा उपचाररत छन्् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here