राजेश केशरीवाल, रक्सौल, १५ असोज/

राष्ट्रिय स्वेच्छिक रक्तदान दिवसमा शुक्रवार सीमा सुरक्षा बल (एसएसबी) रामगढवा पन्टोकाका ४५ जनाले रक्तदान गरेका छन् ।

रक्सौलमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन कार्यवाहक कमान्डेन्ट एनेन्द्रमणि सिंहले गरेका थिए ।

सो अवसरमा उपकमान्डेन्ट रवीन्द्र कुमार, सहायक कमान्डेन्ट डा श्रीराज एमजेलगायत ४५ जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटी मोतिहारीले प्राविधिक सहयोग पु¥याएको थियो । सो संस्थाका चिकित्सा उपअधिकारी डा नागेन्द्र, ल्याब टेक्निसियन रञ्जीत श्रीवास्तवसमेतको प्राविधिक टोलीले सहयोग पु¥याएको थियो ।

रक्तदानको साथै वाहिनीमा वृक्षारोपण कार्यक्रम पनि गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here