क्यानबेरा, असोज १५/एएनआई

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शुक्रवार अन्तर्राष्ट्रिय यात्रा पुनः खोल्ने र सीमा प्रतिबन्ध सहज बनाउने घोषणा गरेका छन् । मोरिसनका अनुसार उक्त घोषणा साउथ वेल्सबाट शुरू हुनेछ र ८० प्रतिशत खोप लगाएका राज्यहरूका लागि अन्तर्राष्ट्रिय सिमाना अर्को महीनादेखि खुला रहनेछ ।

पूर्णरूपमा खोप लगाएका अस्ट्रेलियाली र वेल्समा आउने स्थायी बासिन्दा होटलमा महँगो क्वारेन्टाइन बसाइको सट्टा एक हप्ताको लागि घरमैं क्वारेन्टाइनमा बस्न सक्ने व्यवस्था मिलाइएको समाचार माध्यमले जनाएका छन् । पूरै खोप लगाएका अस्ट्रेलियालीलाई व्यावसायिक उडानमार्फत आवतजावत खुला गरिनेछ ।

गत वर्ष मार्च २० मा अस्ट्रेलियाले कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै विश्वको सबैभन्दा कडा प्रकारको सीमा प्रतिबन्ध लगाएको थियो, जसबाट १८ महीनासम्म सीमानाका बन्द गरिएका छन् ।

प्रधानमन्त्री मोरिसनका अनुसार सरकारले न्यूजील्यान्ड जस्ता केही देशबीच क्वारेन्टाइनमा बस्न नपर्ने गरी यात्रा सहज गर्नेबारे उचित समयमा निर्णय लिनेछ । सरकारले जनताको सुरक्षाका निम्ति यथासम्भव प्रयत्न गरेको छ । पूर्ण सुरक्षाको प्रत्याभूति दिलाएको छ । १२ वर्षभन्दा कम उमेर समूह र चिकित्सकीय परामर्शममा रहेका बाहेक सबैले यात्राका निम्ति पूर्णरूपमा पूरै मात्रा खोप लगाएको हुनुपर्ने प्रधानमन्त्री मोरिसनले बताए ।

यसैबीच, खोप नलागेका यात्रुहरूका लागि भने १५ दिनको होटल क्वारेन्टाइनको आवश्यकता पर्नेछ । सरकारले खोप लगाएका यात्रुहरूको ट्राभल क्याप्स हटाउन राज्यसँग मिलेर काम गर्ने जनाएको छ । एबिसी समाचार माध्यमले जनाए अनुसार अस्ट्रेलियाले कोभिड परीक्षणको दायरालाई विस्तार गर्दै यात्राकै दौरानमा पनि यसलाई निरन्तरता दिने जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here