• समीर पाख्रिन

गताङ्कको बाँकी …

समय ः बिहान । स्थान ः गहवामाई मन्दिर ।
अङ्कित गहवा माताको दर्शन तथा मन्दिर परिक्रमा गर्दै गर्दा मित्र आशिषसित जम्काभेट हुन्छ ।
आशिष ः अङ्कित तँ पनि मन्दिरमा ?
अङ्कित ः किन म नास्तिक हुँ र ?

आशिष ः त्यसो भनेको कहाँ हो र ? तँलाई मैले कहिले पनि यसरी मन्दिरमा देखेको थिइनँ नि त । एनी वे, अनि कतैबाट बोलाउँला जस्तो छ कि छैन ?
अङ्कित ः (दिक्क मान्दै) छैन, छैन । राम्रो रेस्पोन्स त नगर्दा रहेछ ।

आशिष ः सनसेट सेकेन्ड्रीले इङ्गलिश टिचर खोज्दैछ भनेको सुनेको छु । गर्ने हो ? खाली बस्नुभन्दा गर्दै गरे भइहाल्छ नि । टाइम पास पनि हुने ।
अङ्कित ः के जानु प्राइभेट स्कूलतिर । तलब नै छैन भन्छ ।

आशिष ः जे भएपनि । तँलाई पकेट मनी त हुन्छ नि । पढाउँदै पनि गर्नु अन्त ट्राई पनि गर्दै गर्नु ।
अङ्कित ः (केही क्षण सोचेर) त्यसै गरौं कि क्या हो है आशिष ?

आशिष ः त्यही त भनेको ।
अङ्कित ः (स्वयम्सित) हुनत हो, मुकेश, सरोज, दीपशिखा, माधवी पनि टिचिङ नै त गर्दैछन् नि । ल आशिष, थैंक्यू फर इन्फरमेशन । म यसबारे सोचौंला ।

आशिष ः इट्स ओके यार । ल म चाहिं लागें । मेरो त अफिसको टाइम भइसक्यो ।
अङ्कित ः (स्वयम्सित) राम्रो स्कूल पाए गरिन्छ, नत्र गरिंदैन । ल म पनि लाग्छु ।
प्रस्थान गर्छ ।

०००

समय ः उही । स्थान ः इमानसिंह हवल्दारको घर ।
उषाले अङ्कितलाई सम्पर्क गर्ने कोशिश गर्दा अङ्कितको मोबाइल स्वीच अफ पाएपछि उषाले रिसले मोबाइल ओछ्यानमा फाल्छे ।
उषा ः जतिपल्ट पनि स्वीच अफ स्वीच अफ । मोबाइल स्वीच अफ
गरेर कता मुन्टिएको होला । तीन दिन भइसक्यो भेट नभएको । कि यो अङ्कित म मोटाएको देखेर पर पर हुन खोजेको त होइन ? आज त म जसरी भएपनि पत्ता लगाउँछु ।

घरबेटी–बज्यै ः एई, हवल्दार्नी बहिनी, हवल्दार्नी बहिनी बाहिर निस्क त एकै क्षण ।
उषा ः के काम प¥यो मामुसित ? मामु घरमा हुनुहुन्न ।
घरबेटी–बज्यै ः हेर न हेर घरबेटीसित बोल्ने तरीका । कि दर्शन भन्नु नभए नमस्ते भने पनि हुन्छ नि । यसरी ठाडठाडै कुरा गर्ने हो ? चोथाली ।

उषा ः अर्काकी छोरीलाई जे पायो त्यही नभन्नोस् है । काम के छ भनी हाल्नोस्, नत्र म पनि हिंडे ।
घरभेटी–बज्यै ः भैगो । तेरी मामु आएपछि कुरा गरौंला ।

उषा ः यो बूढीले मूडै खराब गरिदियो । अब अङ्कितलाई कहाँ भेट्ने होला । घरमा जाउँ भने पनि उसको हजुरआमाले के भन्ने हुन् । खोइ कहाँ भेट्ने होला … । सा¥है टेन्शनमा पा¥यो । बजारतिर जान्छु कतै भेटी पो हाल्छ कि ।
ढोकामा ताल्चा लगाएर प्रस्थान गर्छे ।

०००

समय ः दिउँसो । स्थान ः घण्टाघर चोक ।
(झिल्केले चोकमा पार्क गरिराखेको रिक्शालाई चोकबाट हटाउँदैछ । हवल्दार चोकैमा उभिएर चारैतिर निगरानी गरिरहेका छन् । यत्तिकैमा एउटा मोटरसाइकलमा तीनजना बसेर आएको देखेर हवल्दारले मोटरसाइकल रोक्छ र नियमविपरीत तीनजना यात्रा गरेको भनी मोटरसाइकलधनीसित केरकार गर्न थाल्छ ।)

इमानसिंह ः भाइ, यो के तरीका हो ? मोटरसाइकलमा तीनजना ? यो त ट्राफिक नियम उल्लङ्घन भएन र ?
मोटरसाइकल चालक ः परिवारै तीनजनाको छ त के गर्ने ? अब मेरो अफिस बिर्तामा छ । पत्नीको बैंक अलखियामठ चोकमा छ र छोराको बोर्डिङ स्कूल छ भगवती टोलमा । अनि यिनीहरूलाई ओराल्दै जानुपरेन त हवल्दार साब ?

इमानसिंह ः त्यो त हो । तर नियमले मोटरसाइकलमा तीनजना यात्रा गर्न मिल्दैन । ठीकै छ एकचोटिलाई जानुहोला । (मोटरसाइकल गएपछि लामो श्वास लिंदै स्वयम्सित) खै, यो ट्राफिक प्रहरीको जागीर पनि कस्तो–कस्तो ।
यत्तिकैमा झिल्केले एउटा मोटरसाइकल चालकलाई रोकेर केरकार गर्दैछ ।
झिल्के ः हवल्दार साब, यो भाइसित लाइसेन्स छैन भन्छ ।
इमानसिंह ः लाइसेन्स नहुनेले मोटरसाइकल किन चढेको ? तल
ओर्ली ।

केटो ः नचढेर के गर्नु ? काम पर्छ त चढ्नुपरेन ?
इमानसिंह ः चढ्नलाई लाइसेन्स हुनुप¥यो नि त ।
केटो ः लाइसेन्स सुलभ तरीकाले वितरण गर्नुप¥यो नि त । पाँच वर्षमा एकचोटि लाइसेन्स वितरण गरेपछि सबैले लाइसेन्स कसरी पाउने ? आधारातदेखि लाइनमा बसेर दिउँसो बल्ल–बल्ल फाराम बुझाइन्छ । त्यसपछि ट्रायलमा पनि छोटो–छोटो घुमाउरो बाटोे बनाएर फेल गराउँछ । अनि के अब हामी चाहिं यो मोटरसाइकल नचढेर पूजा गरेर राखौं ?
झिल्के ः लाइसेन्स नै नलिई मोटरसाइकल किन किन्नुप¥यो त ?

केटो ः कहाँ किन्नु, बिहेमा ससुरालीले दिएकोे बाइक हो ।
झिल्के ः हवल्दार साब सुन्नुभो ? दहेजमा पाएको मोटरसाइकल अरे । यो दहेज लिनेदिने त अपराध होइन र ?
इमानसिंह ः किन होइन हो । दहेज लिनेदिने दुवैलाई कानूनी कारबाही हुन्छ ।
केटो ः (अहिले भने डरले थरथर काप्दै) हजुर मबाट गलती भयो । एकचोटिलाई छाडिदिनोस् ।
इमानसिंह ः ल अहिले हजार रुपैयाँको पुर्जी काटेर छाडिदिंदैछु । फेरि पनि विनालाइसेन्स बजारतिर आएको भेट्टाए भने मोटरसाइकल जफत गरिन्छ बुझ्यौ ? खोइ निकाल हजार रुपैयाँ ।
केटो ः मसित कहाँबाट हुनु हजार रुपैयाँ ।

झिल्के ः नभए बाइक छोडेर जाऊ ।
केटो ः बाइक त कहाँ छोड्न मिल्छ मिल्दैन ।
झिल्के ः पुर्जी काटिसकेको छ । खुरुक्क रुपैयाँ निकाल्ने कि लैजाउँ बाइक जिल्ला कार्यालय ।
केटोले मन नगरी नगरी खल्तीबाट हजार रुपैयाँ निकालेर दिन्छ र बाइक लिएर प्रस्थान गर्छ ।
हवल्दार साब ट्रायलमा छोटो–छोटो घुम्ती बनाउनुभन्दा टेलिकम अफिसपछाडिबाट छिराएर मीना बजारको साँघुरो, भीडभाडयुक्त तरकारी गल्ली हुँदै घण्टाघर निकाले त भइहाल्यो नि हैन र ? जसले मीनाबजारको खचाखच भीडबाट बाइक सुरक्षितरूपले माईस्थान चोक हँुदै घण्टाघर
निकाल्छ, उसलाई लाइसेन्स दिए भइहाल्छ नि ।
इमानसिंह ः ल ल धेरै जान्ने हुनुपर्दैन । अलिक सावधान बस् । अहिले गस्ती आइपुग्छ । क्रमशः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here