प्रस, वीरगंज, १४ असोज/
जगरनाथपुर गाउँपालिका अन्तर्गत जगरनाथपुरमा पशु बजार सञ्चालनमा आएपछि सीमापारि भारतीय गाउँमा भैंसी, राँगा चोरीका घटनामा वृद्धि भएको छ । पशु बजार सञ्चालनमा आएपछि सीमावर्ती भारतीय गाउँका किसानहरू आतङ्कित बनेका छन् ।
गाउँपालिकाले गत आवदेखि सञ्चालनमा ल्याएको पशु बजार अहिले ठेकेदारले सञ्चालन गरिरहेको छ । पशु बजारमा बिक्री हुने अधिकांश भैंसी तथा राँगा सीमावर्ती भारतीय गाउँबाट ल्याइन्छ । सोही भैंसी, राँगाको हुलमा चोरीका भैंसी, राँगा पनि बिक्री हुने गरेको स्थानीयको आरोप छ ।
रातभरि भारतबाट नेपालका विभिन्न नाकाबाट नेपाल भिœयाइएका भंैसी, राँगालाई राति नै ट्रकमा लोड गरी नेपालका विभिन्न ठाउँमा पठाउने गरिन्छ । भारतीय नागरिकका अनुसार सीमासँग जोडिएर पशु बजार सञ्चालनमा आएपछि मैनाटार, इनर्वा, सहोदरा थाना क्षेत्रहरूमा भैंसी, राँगा चोरी हुने क्रम बढेको छ । रातारात चोरहरूले किसान र भैंसीपालन हुने फारामबाट चोरी गरी सीमा कटाएर पशु बजारमा पु¥याउने गरेको स्रोतले जनाएको छ ।
बजार लाग्ने दिन सो क्षेत्रबाट हप्तामा २/४ वटा राँगा, भैंसी चोरी हुने गरेको छ । स्रोतका अनुसार बजार लाग्ने दिनको अघिल्लो राति भारतबाट अवैधरूपमा भिœयाइएका सयौं भैंसी, राँगालाई नेपाली किसानको पशु भएको नक्कली कागजात बनाइन्छ ।
सो कागजातको आधारमा बजारबाट बिक्री भएको पत्र तथा पशु क्वारेटाइनको पत्रको आधारमा नेपालका विभिन्न ठाउँमा पठाउने गरिन्छ । केही जनप्रतिनिधिले भारतबाट आएका राँगा, भैंसीलाई वडा कार्यालयबाट सिफारिश दिने र सोबापत रकम असुल्ने गरेको आरोप छ ।