प्रस, रौतहट, १४ असोज/

रौतहटमा विभिन्न नगरपालिका तथा गाउँपालिकाहरूमा आवास निर्माण कार्यमा शिथिलता आएको छ ।

मौलापुर नगरपालिका र कटहरिया नगरपालिकाबाहेक अन्य १४ वटा नगरपालिका तथा दुईवटा गापामा आवास निर्माण कार्य शिथिल भएको दलित आवास निर्माण सङ्घर्ष समिति रौतहटले जनाएको छ ।

चार वर्षदेखि प्रदेश सरकारबाट आएको रकम फ्रिज भई दलितको घर बन्न नसकेको समितिले जनाएको छ । आवास निर्माणको लागि सदरमुकाम गौरमा सयौंका सङ्ख्यामा उनीहरू उपस्थित भएर विरोध जनाएका थिए । दलित आवास निर्माण सङ्घर्ष समिति रौतहटले प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्रमा गरीब दलितलाई आवासको व्यवस्था हुनुपर्ने, जनसङ्ख्याको अनुपातमा आरक्षणको व्यवस्था, आवास निर्माणको रकम फ्रिज गराउनेलाई कारबाई गर्नुपर्ने, आवास निर्माणमा भएको अनियमितताको छानबीन गरिनुपर्ने, कमिशन भुक्तानी गर्नेलाई कारबाई गर्नुपर्ने, निर्माणाधीन घरहरू छिटो सम्पन्न गर्नुपर्ने, दलित युवाहरूलाई सीप तथा रोजगारको व्यवस्था गर्नुपर्ने उल्लेख छ । दलितहरूले प्रदर्शनको क्रममा जनता आवास कार्यालय केहीबेर घेराउ गरी आक्रोश पोखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here