प्रस, रक्सौल, १४ असोज/
रक्सौलसँग जोडिएको पलनवा थानामा तीनजना नाबालक हतियारसहित पक्राउ परेका छन् ।
परसौना तपसीको अकबर चोकबाट शाहीद अफ्रिदीसमेत तीनजना नाबालकलाई स्थानीयले हतियारसहित फेला पारेपछि प्रहरीको जिम्मा लगाएका हुन् ।
पलनवा थानाध्यक्ष प्रभाकर पाठकले स्थानीयवासीले ३१५ बोरको कटुवा बन्दुक, दुई थान चक्कूसहित नाबालकहरू फेला परेको भनी प्रहरीमा जिम्मा लगाएको बताए ।
स्थानीयले शङ्का लागेर नाबालकहरूसँग सोधपूछ गरेको र उनीहरू तीनजनाले तीनथरीका कुरा गरेपछि शङ्का लागेर खानतलाशी गर्दा कटुवा, चक्कू बरामद भएको बताइएको छ । थानाध्यक्ष पाठकले नाबालकहरूसँग यसबारे सोधपूछ भइरहेको बताए ।