प्रस, पंचगावाँ, १४ असोज/

सखुवाप्रसौनी गाउँपालिकाको आर्थिक सहयोगमा जितिया पर्वको अवसरमा वडा समितिले कुश्ती प्रतियोगिता र मेला आयोजन गरेको छ ।

दीपनारायण नमूना माध्यमिक विद्यालयको खेलमैदानमा कुश्ती प्रतियोगिता एवं मेला आयोजना गरिएको थियो । कुश्तीमा नेपाल र भारतका पहलवानहरूको सहभागिता थियो । प्रतियोगिताको उद्घाटन गापा प्रमुख प्रदीप जयसवालले गरेका थिए ।

वडाध्यक्ष नियाज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष फूलमतीदेवी चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजेन्द्र चौधरी, लेखापाल सुमन साह, मेला समितिका अध्यक्ष शम्भु यादव, पत्रकार प्रमोद यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कुश्तीमा पहिलो हुने वसन्त थापाले ६० हजार, दोस्रो हुने भारत अयोध्याका वैरागी बाबाले ४८ हजार र तेस्रो हुने मन्टु यादवलाई ४० हजार र अन्य पाँचजना पहलवानलाई जनही १५ हजार नगदले पुरस्कृत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here