राधेश्याम पटेल, परवानीपुर, १४ असोज/

क्ष थयग बचभ ब कतचभभत अभिबलभच, थयग जबखभ तय अभिबल कय धभिि तजबत भखभचथदयमथ पलयधक तजबत तजभचभ ष्क ब कतचभभत अभिबलभच। युवा उद्यमी सुधीर अग्रवालले यो वाक्य बोल्दै भने–जुन काम गर्न खटेको हुन्छ, त्यो काम राम्ररी गर्न सकिएन भने जुन पेशा पनि बेकार छ ।

३० वर्षे सुधीर प्रदेश २ को महोत्तरी जिल्लाको बर्दिवास बजारका उदीयमान युवा व्यवसायी हुन् । स्कूल जीवनदेखि मास्टर्ससम्म भारतको विभिन्न राज्यमा अध्ययन पूरा गरेका सुधीर अहिले विभिन्न क्षेत्रमा आफ्नो व्यावसायिक साम्राज्य फैलाउन व्यस्त छन् । उनको परिवार उनी तीन वर्षकै उमेरमा सप्तरीको बोडेबरसाइन गाउँबाट किराना व्यवसाय गर्न बर्दिवास सरेको थियो । बर्दिवास आएपछि बुवा सुरेश अग्रवाल र आमा सरोजदेवी अग्रवालले सानो किराना पसल खोले र नाम राखियो डोकानिया ब्रर्दर्स । जुन पसल अहिले पनि बर्दिवासमैं ठूलो आकारमा चलिरहेको छ । उक्त पसल अहिले पनि सुधीरका बुवाले सम्हालिरहेका छन् ।

जनकपुरको जानकी बोर्डिङ स्कूलबाट कक्षा ३ सम्म अध्ययन गरेका सुधीरको बाँकी पढाइ दार्जिलिङबाट र प्लस टुको पढाइ सिलिगुडीको क्याब्रिज युनिभर्सिटीबाट भएको हो । उनले स्नातक र मास्टर्स दिल्लीको इन्दिरा गाँधी विश्वविद्यालयबाट गरेका हुन् । सुधीरका एकजना दिदी र दाइ छन् । सुधीरका दाइ हुलासचन्द्र अग्रवाल चिकित्सक बन्न एमबिबिएसको पढाइ गरिरहँदा बुवा सुरेशले सुधीरलाई व्यवसायको कखरा सिकाउँदै थिए । त्यसकारण उनी बुवासँग व्यवसायमा समय दिन थाले ।

बुवाले २०६२ सालमैं युनिलिभरको डिलरको लागि सिन्धुलीमा पसल खोल्न एजेन्सी पाएका थिए तर खोल्न सकेनन् । फेरि २०६८ सालदेखि उनको व्यवसायमा नयाँ मोड आयो । बुवाकै प्रेरणामा उनले त्यति बेला सुनचाँदी पसल ‘डोकानिया ज्वेलर्स’ खोले । २०६२ सालदेखि साना किराना पसलबाट शुरू गरेको व्यवसाय सुनचाँदी पसलमा परिणत भएपछि पनि सुधीरमा अझ नयाँ गर्ने जोश र जाँगर उम्लिरहेको थियो । यसैको फलस्वरूप उनले प्रत्येक दुई वर्षमा नयाँ स्टार्टअप गरिरहे ।

फलतः अहिले पुराना डोकानिया नयाँ डोकानिया ब्रदर्समा परिणत भएर सुनचाँदी पसल, सिटिकेयर हस्पिटल, निशान र ड्याट्सनको शोरूम र २०७६ मा होटल नव्या दर्ता गरी २०७७ देखि अर्ध सञ्चालनमा आइसकेको छ ।

अटो मोबाइल्समा उनी अहिले निशान र ड्याटसनको लागि प्रदेश २ कै प्रमुखको रूपमा काम गरिरहेका छन् भने नेपाल चेम्बर अफ कमर्स महोत्तरीका अध्यक्ष, रत्न तथा आभूषण सङ्घ महोत्तरीका अध्यक्ष, होटल व्यवसायी सङ्घ महोत्तरीका सदस्यललगायत पदमा विराजमान छन् । गत वर्षदेखि होटल नव्या रु ३५ करोडको लगानीमा सञ्चालनमा आएको छ भने अहिलेसम्म उनको सबै व्यवसायमा एक अर्बभन्दा बढीको लगानी रहेको छ ।

एक बिघा क्षेत्रफलमा निर्मित नव्या होटलमा ४५ वटा आरामदायी कोठा, दुईवटा स्वीमिङ पुल भएको कोठा (प्राइभेट भिल्ला) खुला स्पेस, स्वीमिङ पुल, चिल्ड्रेन पार्क, बेङ्कट हल, जिमखाना, रेस्टुरालगायत सुविधाले प्रदेश २ र बाहिरका पर्यटकलाई आकर्षित पारेको छ । सुधीर अहिले युपिभिसीको कारखाना खोलेर सयौंलाई रोजगार दिने योजनामा काम गरिरहेका छन् ।

बाल्यकालदेखि पढाइ र व्यवसायमा व्यस्त सुधीरका साथीभाइ कमै छन् । व्यस्तताको कारण समय दिन नसकेपछि उनलाई धेरै साथीले एरोगेन्ट (घमण्डी) साथीको रूपमा हेर्ने गरेको उनी स्वयं बताउँछन् । मलाई सबैले एरोगेन्ट भन्छन्–तर म एरोगेन्ट छैन, बिजी मात्र हुँ । उनी भन्छन्–यसै कारण धेरै साथी बनाउन सकेको छैन, तापनि खुशी छु, आफ्नो र आफ्नो गाउँठाउँको लागि केही गर्न सकेकोमा । उनले आफ्नो बर्दिवासको व्यवसायले करीब २ सय जनालाई रोजगार दिएर दुईवटा आइकन एवार्ड पनि प्राप्त गरेको बताए ।

सन् २०२० मा भारतको रोलाले आयोजना गर्ने पुरस्कार समारोहमा उनले एशियाज लिडरसीप इन्टरप्रेनर र २०२१ मा ग्लोबल बिजनेस अवार्ड प्राप्त गरेका थिए । भारत र तेस्रो मुलुकमा पढेर त्यही बस्ने हो र आफ्नो देश, गाउँठाउँको विकास र उन्नतिका लागि केही नगर्ने हो भने त्यस्तो पढाइ, अनुभवको के काम, उनको बुझाइ छ । सबैले अरूजस्तै प्रस्तुत हुने हो भने हाम्रो गाउँठाउँ अनि देशको विकास सम्भव छैन । त्यसै मान्यताले आफ्नै ठाउँमा जमेर बसेको सुधीर बताउँछन्।

बुवाआमा र परिवारको माया स्नेहसँगै आफूसँग काम गर्ने कर्मचारीमाथि पनि विश्वास गर्नेे वातावरण बनाइयो भने कुनै पनि पेशामा पछि परिंदैन भन्ने उनको बुझाइ छ । सुधीर यसैलाई आफ्नो सफलताको सूत्र बनाएर अहिलेसम्म अगाडि बढेको बताउँछन् । सुधीरको अर्काे सपना पनि छ–राजनीतिमा लागेर मन्त्री बन्ने । उनले राजनीतिमा पढेलेखेका र केही गर्ने सोच राखेका मानिसको सहभागिता पातलिन थालेकोले आफ्नो अभिरुचि त्यसतर्फ रहेको बताए । अबको चाहना मन्त्री बनेर देश विकास गर्नेछ सुधीर भन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here