प्रस, वीरगंज, १३ असोज/
मानससेवा आश्रम वीरगंजले हिजो धनुषाको धारापानी नगरपालिका–९ बाट उद्धार गरी ल्याएको मानसिक सन्तुलन बिग्रिएकी गर्भवती रीनाकुमारी देवीले बुधवार बालकलाई जन्म दिएकी छन् ।
मानवसेवा आश्रम वीरगंजकी संयोजक सानु मानवसेवाले वीरगंजको प्रभु अस्पतालमा रीनाले राति ११ बजे बालकलाई जन्म दिएको बताइन् ।

प्रभु अस्पतालकी डा लक्ष्मी थापा गुप्ताले प्रसूति गराएको र अस्पतालको सम्पूर्ण खर्च निश्शुल्क गरेको उनले बताइन् । सामान्य प्रसव भई जन्मेको बालकको तौल साढे तीन किलो रहेको सानु मानवसेवाले बताइन् ।

रीना मानसिक रोगी हुन् र उनी र नवजात शिशुलाई अहिले अस्पतालबाट आश्रममा ल्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here