प्रस, वीरगंज, १३ असोजर
वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले मुटु शरीरको संवेदनशील अङग भएकोले यसको हेरचाहमा लापरवाही नगर्न सुझाएका छन् ।
विश्व मुटुरोग दिवसको अवसरमा नारायणी वयोधा अस्पतालको सहकार्यमा वीरगंज महानगरपालिकाद्वारा आयोजित -यालीको समापन कार्यक्रममा बोल्दै नगरप्रमुख सरावगीले मुटुरोग हुन नदिनका लागि चिकित्सकीय सुझाव अनुसार निर्देशित खानपान गर्न सुझाए । उनले मुटुरोगी भएर बाँच्नुभन्दा रोग नै हुन नदिने उपाय अवलम्बन गरी सुखी जीवनयापन गर्न आग्रह गरे ।
वीरगंजको ठाकुर राम बहुमुखी क्याम्पस र घण्टाघरबाट छुट्टाछुट्टै निकालिएको ¥याली आदर्शनगर चोकमा एकीकृत भएर नारायणी अस्पतालमा पुगी समापन भएको थियो । -यालीमा स्थानीयवासीको सहभागिता रहेको ग्रीनसिटीका अध्यक्ष प्रकाश खेतानले बताए ।