प्रस, वीरगंज, १३ असोज/
दशैं, तिहारलगायत चाडपर्व नजीकिंदै गर्दा वीरगंज बजारमा स्थानीय प्रशासनले अनुगमन शुरू गरी तीन दिनमा नौवटा पसललाई कारबाई गरेको छ ।

उपभोक्ता ठगी गरेको आरोपमा वीरगंजका नौवटा पसललाई कारबाई गरी ५० हजार रुपैयाँ जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख जीतबहादुर भण्डारीले बताए । उनकै नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वीरगंज उद्योग वाणिज्य सङ्घ, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि सम्मिलित टोलीले अनुगमन गर्दै तीन दिनमा नौवटा पसललाई कारबाई गरेको हो । अनुगमनको क्रममा घण्टाघरस्थित लक्ष्मी मोबाइल एन्ड इलेक्ट्रिक, बालाजी मोबाइल सेन्टर, विनोद मोबाइल सप्लायर्सलाई खरीद बिलबिजक नदेखाएकाले ५/५ हजार रुपैयाँ जरिवाना गरिएको थियो ।

यसैगरी, श्रीगणेश लक्ष्मी वस्त्रालयलाई १० हजार, ओमसाई शु–सेन्टर, श्री नृसिंहजी श्यामबाबा इन्टरप्राइजेज, न्यू टिपटप ट्रेडर्स, राजा इन्टरप्राइजेज, वीरगंज फेशन सेन्टरलाई पनि बिलबिजक नदेखाएका कारण ५/५ हजार रुपैयFँ जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका सूचना अधिकारी दिलीप खङ्ग खत्वेले बताए ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम कसूर गरेकालाई सोही ऐनको दफा ३९ बमोजिम जरिवाना गरिएको उनले प्रस्ट्याए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here