माधव तिमिल्सिना, ठोरी, १३ असोज/
ठोरी गाउँपालिका–४, विजयबस्तीमा जारी समाजसेवी स्व रामबहादुर श्रेष्ठ दोस्रो गोल्डकप फूटबलको पाँचौं दिन बुधवार निर्मल समाज युवा क्लब ठोरी–४ विजयी भएको छ । विजयबस्ती खेलमैदानमा सम्पन्न आजको खेलमा निर्मल समाजले हेटौंडा फूटबल एकेडेमीलाई शून्यका विरुद्ध तीन गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा स्थान पक्का गरेको छ ।

निर्मल समाजको तर्फबाट विदेशी खेलाडी म्याक्सवेलले मध्यान्तरअघि दुई गोल गरेका थिए । यसैगरी, मध्यान्तरपछि निर्मल समाजको तर्फबाट अर्का विदेशी खेलाडी फोर्ड फुवनले एक गोल गरे । आज खेल अवधिमा वर्षा भएको थियो । आजको खेलमा निर्मल समाजबाट विदेशी खेलाडी म्याक्सवेल ‘म्यान अफ दि म्याच’ घोषित भए ।

भोलिको खेल युवा प्रगति समाज सेढवा र बिएफसी चितवनबीच हुने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here