प्रस, बारा, ११ असोज/
विश्व मुटु दिवसको अवसरमा नारायणी वयोधा अस्पताल वीरगंजको आयोजनामा कलैयामा जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

विश्व मुटु दिवसलाई मध्यनजर गर्दै वयोधा अस्पतालले २०७८ असोज ६ देखि १३ गतेसम्म विभिन्न ठाउँमा सचेतनामूलक कार्यक्रम “स्वस्थ मुटु सशक्त जीवन“ नारासहित कार्यक्रम गरी मनाउँदै आएको अस्पतालका बजार प्रतिनिधि कृष्ण साहले बताए ।

कार्यक्रम अस्पतालका डा मनबोधकुमार साहको अध्यक्षतामा भएको थियो । -याली भरतचोकदेखि शुरू भई बजार परिक्रमा गरी पुनः भरतचोकमा समापन भएको थियो ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार विश्वमा कुल जनसङ्ख्याको ८० प्रतिशत र नेपालमा गरिएको अध्ययन अनुसार दुई तिहाइ नेपाली मुटु, मधुमेह, मिर्गौला, क्यान्सरलगायतका नसर्ने रोगको जोखिमबाट ग्रसित छन् ।

नसर्ने रोगहरूबाट उत्पन्न हुने स्वास्थ्य जटिलता र कुल मृत्युदरमा मुटुरोग प्रमुख कारक तत्व रहेको विश्वभरिका अनुसन्धानहरूले देखाएका छन् । मुटुरोगबाट जोगिने प्रमुख उपायहरूमा स्वस्थकर जीवनशैली, सन्तुलित भोजन, प्रशस्त शारीरिक व्यायाम, धुम्रपान र मद्यपान सेवन नगर्ने, दैनिक पाँच ग्रामभन्दा धेरै नून सेवन नगर्ने र नियमित रक्तचाप जाँच गर्ने आदि पर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here