शनिवार वाटिकामा राजेश मिश्रको लेख ‘राजा रणबहादुरसँग जोडिएको विन्ध्यवासिनीको इतिहास’ पढें । इतिहासमा केही घटना हेर्दा र विचार गर्दा वास्तवमा त्यसलाई नियतिले नै निर्धारण गरेकोजस्तो लाग्छ । सत्यवती र कान्तिवतीका घटना पनि नियतिले नै निर्धारित गरेकोजस्तो लाग्छ ।

सत्यवतीलाई ऋषि पराशरले मत्स्यगन्धाबाट योजनगन्धा बनाइदिए । तिनै सत्यवतीले गङ्गापुत्रलाई विस्थापित गरी आप्mनो सन्तानको कथा र इतिहास बनाइन् । यता कान्तिवती पनि योजनगन्धा जस्तै अप्रतिम सुन्दर थिइन् । उनको कथा पनि सत्यवतीजस्तै पूर्वनिर्धारित लाग्छ । सत्यवतीका सन्तानलाई राज्यको उत्तराधिकारी बनाउन सत्यवतीका बुबाले वचनबद्धता लिन्छन् भने कान्तिवतीले स्वयं महाराजासँग वचनबद्धता लिन्छिन् । उता भीष्म वचनबद्धतामा पक्का निस्के, यता राजा रणबहादुर पनि वचनबद्धतामा पक्का निस्के ।

नियतिले उनीद्वारा पहाड र मधेसको रक्त सम्बन्धको इतिहास निर्धारण गरेको छ । बाँकी रह्यो विन्ध्यवासिनीको कथा र इतिहास । स्वयं दुर्गा भवानी कंसको हातबाट फुत्केर विन्ध्याञ्चल पर्वतमा वास गरेपछि विन्ध्यवासिनी भइन् । रणबहादुरले उनीप्रति श्रद्धाभाव राखेर आप्mनो राज्यमा ल्याए । सपना र सूर्योदय सम्म पुग्नुको केही मतलब छैन । आस्थाले अनेक किंवदन्ती निर्माण गर्छ । आज विन्ध्यवासिनी दर्शन गर्न जाने श्रद्धालुहरूलाई त्यसको इतिहास थाहा नभएको हुन सक्छ । तर आस्थाले डो¥याएर त्यहाँ पुग्छन । मुख्य कुरा आस्था र विश्वास हो, जुन दुर्गा भवानीप्रति प्रत्येक हिन्दूमा हुन्छ र हुनुपर्छ । जय भवानी !

डा शिवशङ्कर यादव, छपकैया, वीरगंज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here