प्रस, ठोरी, १० असोज/
ठोरी गाउँपालिका–४ विजयबस्तीमा हिजोदेखि शुरू भएको स्व रामबहादुर श्रेष्ठ दोस्रो गोल्डकप फूटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा महावीर युवा क्लब गम्हरिया विजयी भएको छ ।

महावीर युवा क्लब गम्हरिया र युगज्योति युवा क्लब पिप्ले चितवनबीच आज भएको खेल निर्धारित समयमा एक/एक गोलको बराबरी सम्पन्न भएको थियो । रेफ्रीले टाइब्रेकरबाट खेलको निर्णय गराएका थिए, जसमा महावीर युवा क्लबले पाँचपटकमा तीन गोल ग-यो भने युगज्योतिले दुई गोल मात्र गर्न सक्यो ।

आजको खेलमा महावीर युवा क्लब गम्हरियाका गोलकीपर मोहन खड्का ‘म्यान अफ दि म्याच’ घोषित भए । भोलि सोमवार वीरगंज युनाइटेड र हिमाल युवा क्लब निजगढबीच प्रतिस्पर्धा हुने आयोजक कमिटीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here