प्रस, वीरगंज, ९ असोज/
जनता समाजवादी पार्टी निकट समाजवादी युवा सङ्घको वीरगंज महानगरपालिका–३० लालपर्सामा वडास्तरीय भेला सम्पन्न भएको छ । सङ्घका जिल्ला सदस्य सुजित ठाकुरको सभापतित्वमा सङ्गठन सुदृढीकरण तथा जनजागरण अभियान अन्तर्गत भेला सम्पन्न भएको हो ।

भेलामा बोल्दै जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहम्मद अन्सारीले सङ्गठन विस्तारका साथै सुदृढीकरण गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

जसपा पर्साका सचिव तबरेज अहमदले युवा एकबद्धता नै अबको अपरिहार्यता भएको बताए । जोश र जाँगर बोकेका क्षमतावान् एवं सिर्जनशील युवा अब सरकारको नेतृत्वदायी भूमिकामा आउनुपर्ने कुरामा उनले जोड दिए ।

समाजको सांस्कृतिक, आर्थिक एवं भौतिक परिवर्तनका लागि राजनीतिक परिवर्तन आवश्यक भएको बताउँदै अहमदले त्यसका लागि युवा स्वयं अघि बढ्नुपर्ने बताए ।

भेलाले मुना यादवको अध्यक्षतामा १७ सदस्यीय वडा स्तरीय समाजवादी युवा सङ्घ गठन गरेको समाजवादी युवा सङ्घका केन्द्रीय सचिव सरोज यादवले बताए ।

समितिको उपाध्यक्ष शेषनाथ मण्डल, जयराम राम, सचिव राधेश्याम साह, कोषाध्यक्ष्F मान्सी देवीलगायत रहेको समाजवाद युवा सङ्घ पर्साका अध्यक्ष गौरव बर्माले बताए ।

कार्यक्रममा सङ्घीय समाजवादी शिक्षक फोरम पर्साका अध्यक्ष हरेन्द्र चौरसिया, वीरगंज महानगरपालिकाको न्यायिक समिति सदस्य तुफैल अख्तर, सङ्घका पर्सा जिल्ला इन्चार्ज अमित यादव, वरिष्ठ उपाध्यक्ष मनमोहन पाण्डे, घनश्यामबाबू गुप्ता, आमोद यादव, एकाइ अध्यक्ष दिनानाथ मण्डल, गगनदेव यादवलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here