प्रस, वीरगंज, ९ असोज/
जिल्ला प्रहरी कार्यालय, बारासमेतको टोलीले जीतपुरसिमरा उपमहानगर–१६ काटघाँट सडकखण्डबाट चारवटा बोरामा ८३ किलो गाँजासहित एकजना मानिसलाई पक्राउ गरेको छ ।

बाराका प्रनाउ गौतम मिश्रले टाँगियाबस्तीका ४१ वर्षीय रूकबहादुर रूम्बालाई गाँजासहित पक्राउ गरेको बताए । प्रहरी टोलीलाई देखेर केही तस्कर फरार भएका तर रूम्बालाई पक्राउ गरिएको उनले बताए । घटनास्थलबाट बा.३७प ९६८१ नं को मोटरसाइकल बरामद भएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here