पटेर्वासुगौलीको सातौं गाउँसभा सम्पन्न, ३७ करोड ८९ लाखको बजेट पारित

0
36

प्रमोद यादव, पचगावाँ, ७ असोज/

पटेर्वासुगौली गाउँपालिकाको सातौं गाउँसभा बिहीवार सम्पन्न भएको छ ।

गापा सभाकक्षमा आयोजित सातौं गाउँसभाको गापा प्रमुख हरिनारायण चौधरीले उद्घाटन गरेका थिए । उनकै अध्यक्षतामा भएको गाउँसभामा चालू आव ०७८–०७९ को लागि गापा उप्रमुख ममता महतोले रू. ३६ करोड ८९ लाख २६ हजार ९ सय १३ बराबरको बजेट प्रस्तुत गरेकी थिइन्। उनले प्रस्तुत गरेको बजेट सर्वसम्मत पारित भएको छ ।

चालू आवमा पटेर्वासुगौलीले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, खानेपानी, सामाजिक विकास र सार्वजनिक मठ–मन्दिर, धार्मिक एवं ऐतिहासिक संरक्षणलाई गापाले विशेष प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवले बताए ।

कार्यक्रममा वडाध्यक्षहरू फरमान मियाँ, विजय गैरे, माधव राउत, राजेश्वर महतो, मोतिलाल साह, कार्यपालिका सदस्य, वडा सदस्य एवं कर्मचारीहरू सहभागी थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत यादवले स्वागत र शम्भु साहले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here