हैजाबाट नाइजेरियामा ३२९ को मृत्यु

0
31

लागोस, ७ असोज/सिन्ह्वा

नाइजेरियाको एक उत्तरी प्रान्तमा गएको मार्च महीनादेखि शुरू भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३२९ जनाको ज्यान गएको नाइजेरियाका एकजना स्वास्थ्य अधिकारीले आज जानकारी दिएका छन् । ती अधिकारीका अनुसार नाइजेरियाको उत्तरी कानो राज्यमा हैजाबाट ती व्यक्तिको ज्यान गएको हो ।

सो राज्यका स्वास्थ्य अधिकारी सुलेइमान इस्लियाले उक्त राज्यका कम्तीमा पनि ४४ स्थानीय तहमा हैजाको प्रकोप फैलिएको थियो । त्यसमा परेर ती व्यक्तिको ज्यान गएको हो र अरू कैयौं बिरामी पनि परेका छन् । ती स्थानीय निकायहरूमा ११ हजार ११५ जनामा हैजा फेलिएको आशङ्का गरेर परीक्षण गरिएको थियो । तीमध्ये स्वास्थ्य परीक्षणमा धेरै निको भएका थिए ।

अहिले पनि ३१ जना हैजा लागेको पुष्टि भएका व्यक्ति अस्पतालमा उपचार गराइरहेका बताइएको छ । हाल प्रकोप देखिएका स्थानहरूमा स्वास्थ्य निगरानी राखिएको बताइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here