- विश्वराज अधिकारी
के त्यस्ता तŒवहरू छन् जसले हामीलाई गरीब बनाइरहेका छन् ? गरीबीबाट मुक्ति पाउन के गर्नुपर्छ ? यी प्रश्नहरू कम्युनिस्ट नेतालाई सोध्ने हो भने उसले भन्नेछ–तिमीलाई सामन्त, शोषक, दलाल पूँजीपतिहरूले गरीब बनाएका हुन् । तिनीहरूलाई समाप्त नपारेसम्म गरीबीबाट मुक्ति पाइँदैन । तिनीहरूविरूद्ध हतियार उठाउनुपर्छ । हतियार उठाएपछि मात्र गरीबीबाट मुक्ति पाइन्छ ।
कम्युनिस्ट नेताहरूको भनाइबाट प्रेरित भएर एकजनाले तथाकथित शोषक, दलाल पूँजीपति, सामन्त भनिएकाविरूद्ध हतियार उठाउँछ, सङ्घर्ष गर्छ । शोषक, पूँजीपति भनिएका व्यक्तिहरूको हत्या गर्छ । अरूलाई पनि मार्छ र आफू पनि मारिन्छ । मारिएको गरीब मानिसको गरीबीबाट मुक्ति पाउने सपना, सपनामा नै सीमित हुन पुग्छ । सपनाले मूर्त रूप लिन पाउँदैन । त्यो गरीब व्यक्तिको त्यो सपनाको कम्युनिस्ट नेताहरूले उपयोग मात्र गर्छन् ।
कम्युनिस्ट नेताले देश र जनतालाई गरीबीको कुचक्रबाट बाहिर ल्याएको देखिएको छैन । भारतको पश्चिम बङ्गालमा लामो समयसम्म शासन गरेको कम्युनिस्ट सरकार (ज्योति बसु, बुद्धदेव भट्टाचार्य) ले पश्चिम बङ्गालको गरीबी कम गर्न सकेनन् । उल्टो त्यस राज्यमा गरीबी बढेर गयो । कम्युनिस्ट नेता ज्योति बसु २३ वर्ष (सन् १९७७ देखि २०००) पश्चिम बङ्गालको मुख्यमन्त्री भएका थिए भने अर्का कम्युनिस्ट नेता बुद्धदेव भट्टाचार्य ११ वर्ष (सन् २००० देखि २०११) पश्चिम बङ्गालको मुख्यमन्त्री भएका थिए । उनीहरूको शासनकालमा पश्चिम बङ्गालमा गरीबी कम हुन सकेन ।
कुनै समयमा बिहारबाट रोजगारको लगि पश्चिम बङ्गाल जाने स्थितिमा परिवर्तन आएर पश्चिम बङ्गालबाट रोजगारका लागि व्यक्तिहरू बिहार आउने स्थिति सृजना भयो । बरू कहिले पनि कम्युनिस्ट शासन नभएको भारतीय राज्य गुजरातले निकै आर्थिक प्रगति ग¥यो । अहिले पनि गुजरात भारतका दश धनी राज्यहरूमध्ये तेस्रो नम्बरमा पर्दछ भने पश्चिम बङ्गाल छैठौं स्थानमा। स्रोत र साधनको हिसाबले पश्चिम बङ्गाल निकै सम्पन्न मानिन्छ । भारतमा अङ्ग्रेजहरूको शासन हुँदा भारतको राजधानी हालको कोलकाता (पश्चिम बङ्गाल) मा थियो ।
चिनियाँ कम्युनिस्ट नेता माओ त्सेतुड्ढो जस्तै शासन व्यवस्था चीनमा रहिरहेको भए अहिले चीन विश्वको दोस्रो आर्थिक महाशक्ति राष्ट्र हुने थिएन । अहिले चीनमा राजनीति कम्युनिस्ट व्यवस्था अनुसार सञ्चालित छ भने अर्थतन्त्र पूँजीवादी व्यवस्था अनुसार सञ्चालित छ । अहिले चीन पूँजीवादको जगमा उभिएको छ, उसको शरीर कम्युनिस्ट भए तापनि । माओ त्सेतुड्ढो समययमा चीन आर्थिकरूपमा ज्यादै कमजोर हुन पुगेको थियो । चीनलाई कम्युनिस्ट शासन व्यवस्थाले धनी बनाएको होइन, पूँजीवादी अर्थ व्यवस्थाले धनी बनाएको हो ।
के त्यस्ता तŒव छन् जसले हामीलाई गरीब तुल्याइरहेको छ ? गरीबीबाट मुक्ति पाउन के गर्नुपर्छ? यी प्रश्नहरू प्रजातन्त्रको दुहाइ दिने नेतालाई सोध्ने हो भने उसले भन्नेछ–अहिलेको यो भ्रष्ट सरकारले तिमीलाई गरीब तुल्याएको हो । यो भ्रष्ट सरकारलाई सत्ताच्युत गर्नुपर्छ अनि मात्र देशमा समृद्धि आउँछ, तिमीले गरीबीबाट मुक्ति पाउने छौ । त्यसकारण तिमी, मलाई चुनावमा विजयी गराऊ, चुनावमा म विजयी भएर शक्ति र सत्तामा पुगेपछि, सरकारमा पुगेपछि, तिमीलाई, तिमीजस्तै गरीब अन्य गरीबहरूलाई गरीब रहन दिनेछैन । उनीहरूलाई आर्थिकरूपमा सम्पन्न तुल्याउने छु । प्रजातन्त्रको दुहाई दिने नेताहरूको त्यो कुरामा विश्वास गरेर गरीबहरूले उसलाई चुनावमा विजयी
गराउँछन् । चुनावमा विजयी भएर सत्तामा पुगेको त्यो नेताले गरीबहरूसँग गरेको वाचा बिर्सिन्छ। यता गरीबीबाट छुटकारा पाउने सपना बोकेर नेताहरूलाई चुनावमा विजयी गराउने व्यक्तिको भ्रम पनि टुट्छ । ऊ गरीब नै रहिरहन्छ, धनी हुन पाउँदैन ।
गरीबीबाट मुक्ति पाउने हाम्रो धारणा नै त्रुटिपूर्ण छ । बाटो नै दोषपूर्ण छ । अप्रभावकारी छ । हामीलाई गरीब तुल्याउनमा हाम्रो शिक्षा पद्धति, परम्परा, विश्वास, संस्कृति, सामाजिक व्यवस्था आदिले महŒवपूर्ण भूमिका खेलेको हुन्छ । यी तŒवले नै गरीबीको बलियो कुचक्र बनाएको हुन्छ। अनि हामी त्यो गरीबीको कुचक्रभित्र चक्कर काटिरहेका हुन्छौं । गरीबीको त्यो कुचक्रबाट बाहिर आउन सक्तैनौं । जस्तै दक्षिण एशियामा जातीय व्यवस्थाले पनि गरीबीको कुचक्र निर्माण गर्न महŒवपूर्ण कार्य गरेको छ ।
जातीय व्यवस्थाले गर्दा कतिपय व्यक्तिले आफ्नो व्यापारिक कौशल देखाउन पाएका छैनन् भने केही व्यक्तिहरू जातीय व्यवस्थाले गर्दा केही सीमित काम (पेशा) गर्न बाध्य छन् । दाउरी वा दाइजो, सम्पत्ति हस्तान्तरण (पुख्र्यौली सम्पत्ति पाउने व्यवस्था), खर्चिलो विवाहजस्ता अनेक तŒवले पनि हाम्रो गरीबीको कुचक्रलाई झनै बलियो तुल्याउने कार्य गरेको छ ।
गरीबीको कुचक्रबाट बाहिर आउने प्रयास व्यक्ति स्वयंले गर्ने हो । गरीबीबाट मुक्ति पाउन हामी स्वयंले अनेक प्रयास गर्नुपर्छ । आफू गरीब हुनुमा व्यक्तिले सर्वप्रथम आफूलाई दोषी देख्नुपर्छ अनि गरीबीबाट छुटकारा पाउने अनेक प्रयास वा उद्यम गर्नुपर्छ । हामीलाई हाम्रा प्रयत्नहरूले नै गरीबीबाट छुटकारा पाउन सहयोग गर्छ ।
जसरी अहिले नेपाली केही युवा आफ्नै प्रयासमा, विश्वका अनेक राष्ट्रहरूमा पुगेर, अनेक पेशाहरू गरेर, आयआर्जन गरिरहेको छ, गरीबीको कुचक्रवाट बाहिर आउन प्रयत्नरत छ, त्यसैगरी अन्य युवाले पनि गरीबीबाट छुटकारा पाउने अन्य उपायको खोजी गर्नुपर्दछ । स्वदेशमैं पनि अनेक किसिमका पेशा वा रोजगार गरेर आय आर्जन गर्न सकिन्छ, गरीबी कम पार्न सकिन्छ । गरीबीको कुचक्रबाट बाहिर आउन सकिन्छ ।
गरीबीबाट छुटकारा पाउन स्वयंले सक्रिय प्रयास गर्नुको साटो नेताहरूले केही गर्लान् भन्ने सोचेर नेताहरूको वा खास किसिमको राजनीतिक व्यवस्थाको आस गर्ने हो भने गरीबीबाट छुटकारा पाउने हाम्रो सपना अधूरै रहने छ ।
गरीबीबाट छुटकारा पाउने अनेकानेक उपाय छ । पेशा, व्यवसाय, जागीरजस्ता अनेक कार्य गरेर, आय आर्जन गरेर हामी गरीबीको कुचक्र तोडेर बाहिर आउन सक्छौं ।
गरीबीको कुचक्र तोडेर बाहिर आउने अनेक तरीकामध्ये एउटा सरल तरीका उद्यम गर्नु हो । व्यवसाय स्ञ्चालन गर्नु हो । अन्य व्यक्तिको कार्यालयमा जागीर गर्नु वा सरकारी जागीरको मुख ताक्नु भन्दा आफूले नै कुनै नयाँ व्यवसायको थालनी गर्नु उत्तम हो ।
हामी पेशा वा कार्यलाई इज्जतसँग जोड्ने गर्छौं । कामलाई सानो वा ठूलो भन्छौं । यस्तो सोच्न र भन्नु गलत हो । हाम्रो यस्तो सोचले हामीलाई गरीबीको कुचक्रबाट बाहिर आउन दिइरहेको छैन । एमए वा एमबिए गरेको व्यक्तिले रोजगारका लागि अनेक सरकारी कार्यालयको चक्कर काट्नु र निराशा बटुल्नुको सट्टा सडक छेउमा चिया पसल खोल्नु उत्तम हो ।
अनेक किसिमका व्यावसायिक कार्य गरेर, आयआर्जन गरेर, हामी गरीबीको कुचक्र तोड्न सक्छौं। त्यसकारण कुनै पनि व्यक्तिले गरीबीको कुचक्रबाट बाहिर आउन सर्वप्रथम स्वयंले प्रयास गर्नुपर्छ। गरीब हुनुमा प्रत्येक व्यक्तिले पहिले आफूलाई नै जिम्मेवार ठान्नुपर्छ । यस्तो गरे मात्र हामी गरीबीबाट मुक्त हुन सक्छौं । होइन, गरीबीका लागि सरकार वा नेताहरूलाई जिम्मेवार ठह¥याउने हो भने नेताहरूले हामीलाई उपयोग मात्र गर्नेछन् । हाम्रो गरीबी नेताहरूको लागि चुनाव जित्ने, शक्तिमा पुग्ने पुल मात्र बन्नेछ ।
नयाँनयाँ किसिमका व्यापार सृजना गरेर, नयाँनयाँ पेशा पत्ता लगाएर हामीले थप रोजगार सृजना गर्न सक्छौं । ती नयाँनयाँ किसिमका रोजगारले हामीलाई गरीबीको कुचक्र तोड्न सहयोग पु¥याउन सक्छ । विश्व प्रसिद्ध अमेरिकी उद्यमी बिल गेट्स भन्छन्–“जन्म लिंदा यदि तिमी गरीब थियौ भने त्यस्तो हुनुमा तिम्रो कुनै दोष छैन तर यदि तिम्रो मृत्यु हुँदा तिमी गरीब छौ भने त्यस्तो हुनुमा तिमी दोषी छौ (If you are born poor, it is not your mistake, but if you die poor, it is your mistake.) बिल गेट्सको यो भनाइले ठूलो अर्थ दिन्छ । पानीमा डुब्न लागेको व्यक्ति जोगिन आफैं हरसम्भव प्रयास गर्दछ, त्यसैगरी गरीबीको कुचक्रबाट बाहिर आउन पहिले स्वयं व्यक्तिले नै प्रयास गर्नुपर्छ । यस्तो गर्न सके हामी नेताहरूको हतियार बन्नबाट जोगिन्छौ र गरीबीको कुचक्र तोड्न सक्छौं ।