प्रस, वीरगंज, ६ असोज/

पर्सा र बारामा नेपाली काङ्ग्रेसको जिल्ला अधिवेशन अझै अन्योलग्रस्त छ । नेका केन्द्रीय कमिटीले देशभर एउटा जिल्लाबाहेक सबै जिल्लाको क्रियाशील सदस्यताको विवाद टुङ्गो लगाएको भदौ ५ गते जनाएको थियो ।

तर पर्सा जिल्लामा क्रियाशील सदस्यको सूची आइनसकेको र केन्द्रीय प्रतिनिधि पनि नतोकिएको कारण वडास्तरदेखिकै निर्वाचनको तयारी नभएको जिल्ला सचिव श्याम पटेलले बताए । उनले समाचारबाट आफूहरूले क्रियाशील सदस्यताको टुङ्गो लागेको खबर पाएको तर आधिकारिकरूपमा सोसम्बन्धी कुनै पत्र नआएको बताए । उनले आफूहरू केन्द्रीय कमिटीको पत्र र प्रतिनिधिको बाटो कुरेर बसेको र सोको टुङ्गो लागेको खण्डमा अधिवेशनको तयारीमा जुट्ने बताए ।

बारा जिल्लाका महाधिवेशन प्रतिनिधि लुकेश सिंहले बुधवार साँझसम्म क्रियाशील सदस्यतासम्बन्धी टुङ्गो लाग्ने र त्यसपछि निर्वाचनको तयारी हुने बताए । उनले बारा जिल्लाका चार क्षेत्रमध्ये क्षेत्र नं ३ र ४ को क्रियाशील सदस्यताको विवाद टुङ्गो लागेको र क्षेत्र नं १ र २ को बुधवार साँझसम्म टुङ्गो लागेपछि एक/दुई दिनमा निर्वाचनको प्रक्रिया शुरू हुने बताए।

नेकाको क्रियाशील सदस्यतासम्बन्धी विवादका कारण १३ वटा जिल्लामा निर्वाचन प्रक्रिया अगाडि बढेको छैन, जसमा प्रदेश २ का आठवटै जिल्ला पर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here