प्रस, वीरगंज, ६ असोज/

नेपाली काङ्ग्रेस पर्साले प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेलाई बुधवार ज्ञापनपत्र बुझाएको छ । पार्टी सभापति अजय द्विवेदी नेतृत्वको टोलीले प्रजिअ घिमिरेलाई मतदाता नामावली दर्ता गर्नको लागि वडास्तरमा टोली खटाउन ज्ञापनपत्र बुझाएको हो ।

प्रजिअमार्फत निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाइएको सभापति द्विवेदीले बताए । सो अवसरमा सचिवद्वय किशोरीसाह कानू, श्याम पटेल, सहसचिवहरू रोशन लामिछाने, किरण सरकारलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here