प्रस, वीरगंज, ६ असोज/
वीरगंज महानगरपालिका–१८ भवानीपुरको सहयोग तथा आरके डेभलपमेन्ट स्कील प्रालि वीरगंजको आयोजनामा छात्राहरूलाई सेनिटरी प्याड वितरण कार्यक्रम गरिएको छ ।
वडाका ३६० जना छात्रालाई सेनिटरी प्याड वितरण गरेको वडाध्यक्ष ब्रह्मदेवप्रसाद कुर्मीले बताए । वडामा रहेका सामुदायिक विद्यालयहरूमा अध्ययनरत उमेर पुगेका छात्राहरूलाई प्याड वितरण गरिएको थियो ।
कार्यक्रममा नेका पर्सा क्षेत्र नं १ का अध्यक्ष विजय सर्राफ, वडासचिव घनश्याम पटेल, विक्रम पटेल, सुरेश पटेललगायतको सहभागिता थियो ।