प्रस, वीरगंज, ६ असोज/

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सूचनाको आधारमा मङ्गलवार र बुधवार गरी चारजनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

पैदल हिंडिरहेका दुईजनालाई शङ्का लागेर आज दिउँसो २ बजे चेकजाँच गर्दा निजहरूले बोकेको रसभरीको डब्बाभित्रबाट लागूऔषध सय एमएलको विनपिरेक्स सिरप १२० थान बरामद भएको थियो ।

पक्राउ पर्नेमा बर्दियाका २२ वर्षीय राजेश थारू र चितवनका ३२ वर्षीय सुरेश नेपाली थिए ।
यसअघि हिजो वीरगंज–१६ शङ्कराचार्य द्वारबाट लागूऔषध ब्यूरो टोलीले पैदल हिंडिरहेका सर्लाही लालबन्दीका सुरज पासवान र कञ्चनपुर भीमदत्त नपाका २१ वर्षीय लक्ष्मण विष्टबाट ३.४० ग्राम खैरो हिरोइन बरामद भएको जिप्रका पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here