प्रस, वीरगंज, ६ असोज/

जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलीका सामानसहित ट्रक चालकलाई पक्राउ गरेको छ । ना.२ख ९७३७ नम्बरको ट्रकलाई वीरगंज–८ लाल बङ्गला अगाडिबाट नियन्त्रणमा लिएको र चेकजाँच गर्दा ट्रकमा बिलबिजक नभएको सामान बरामद भएको प्रहरीले जनाएको छ ।

मेडिकल सामान र खुद्रा सामानहरू जनकपुर लग्ने क्रममा सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जिप्रका पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

प्रहरीले ट्रक चालक वीरगंज–१४ का परमानन्दप्रसाद कुर्मीलाई पक्राउ गरेको र ट्रक, बरामद सामान तथा मानिसलाई आवश्यक कारबाईको लागि राजस्व अनुसन्धान पथलैयामा बुझाएको प्रवक्ता खनालले बताए ।

प्रनाउ खनालले ट्रक र सामानको मूल्य ६० लाख निर्धारण गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here